Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कोशी छिर्‍यो एमालेको समृद्धिको लागि संकल्प यात्रा, सुरक्षा व्यवस्था कडा


ग्लोबल पाना
मंगलबार, मंसिर २६ २०८०
  • 334
    SHARES

  • images
    कोशी छिर्‍यो एमालेको समृद्धिको लागि संकल्प यात्रा, सुरक्षा व्यवस्था कडा

    काठमाडौं । १३ दिनदेखि झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा चलाईरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आजबाट कोशी प्रदेश प्रवेश गर्ने भएको छ। मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा आज पुष्पलालको जन्मथलो रामेछापबाट सिन्धुली हुँदै कोशी प्रदेश प्रवेश गर्दै छ।

    images
    images
    images

    आज सिन्धुलीको खुर्कोटमा भेटघाट कार्यक्रम राखिएको छ भने घुर्मीमा सभा हुँदै छ। घुर्मीको सभा सकेर टोली खोटाङको दिक्तेल बास बस्न पुग्ने छ। एमाले अध्यक्ष ओली नेतृत्वको टोली मंगलबार उदयपुरको घुर्मीबाट कोशीमा प्रवेश गर्नेछन्।

    एमालेको यात्रालाई अवरोध पुर्‍याउने पहिचान पक्षधरले चेतावनी दिँदै आएका छन्। उनीहरूले कोशी नामकरणको पक्षमा मतदान गर्ने प्रदेश सभाका सदस्यसहित कोशी नामकरणको विषयमा असन्तुष्टि राख्ने समूहलाई अवरोध गर्ने बताएका छन्।

    पाँचथरको चिवाभञ्ज्याङ् पुगेर सम्पन्न हुने संकल्प यात्राको क्रममा मंगलबार उदयपुरको घुर्मीमा पहिलो सभा आयोजना गरिने एमाले कोशीले जनाएको छ।

    एमालेको कार्यक्रममा अवरोध गर्नेगरी पहिचान पक्षधरले कार्यक्रम घोषणा गरेपछि सुरक्षा निकायले एकीकृत सुरक्षा रणनीति अपनाएको छ। नेपाल प्रहरीका करिब तीन हजार सुरक्षाकर्मी एमाले यात्रामा परिचालन गरिने तयारी छ।

    गत फागुन १७ गते तत्कालीन प्रदेश नम्बर १ को नाम कोशी राखिएपछि पहिचानवादीहरु आन्दोलित बनेका छन्। उनीहरुले पहिचानका आधारमा लिम्बूवा, किरात, खुम्बुवानलगायतका नाम राख्नुपर्ने माग गर्दै आएका छन्।

    यसैबीच एमालेले अवरोध नगर्न अपिल गरेको छ। मंगलवारबाट कोशी प्रदेश प्रवेश गर्न लागेको एमाले मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रामा अवरोध सिर्जना नगर्न आग्रह गरेको हो।

    पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहद्वारा एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताए। उनले प्रदेश बन्द, सडक बन्द लगायतका गतिविधि सार्वजनिक गर्ने भन्ने सुनेको भन्दै पार्टीका तर्फबाट सबै समूहहरुलाई अवरोध सिर्जना नगर्न आग्रह गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ