Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अहिलेको सरकारको कार्यशैलीले देश बर्बादी उन्मुख : एमाले उप महासचिब गुरुङ 


ग्लोबल पाना
शुक्रबार, पुस १३ २०८०
  • 358
    SHARES

  • images
    अहिलेको सरकारको कार्यशैलीले देश बर्बादी उन्मुख : एमाले उप महासचिब गुरुङ 

    पोखरा । ने क पा एमाले गण्डकी प्रदेशको पहिलो बैठक शुक्रबार पोखरामा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै ने क पा एमाले  उपमहासचिब  पृथ्वी सुब्बा गुरुङले पार्टी काम ब्यबस्थित बनाउन उत्कृष्ट कार्ययोजना सहित अगाडि बढ्न आग्रह गर्दै उत्कृष्ट पार्टी निर्माणमा प्रभाबकारिताका साथ लाग्न आग्रह गर्नु भयो।

    images
    images
    images

    उप महासचिब गुरुङले  समृद्धिको मोडलमा देशलाई एमालेले मात्रै हिडाउन सक्ने कुरा बर्तमान सरकारका कार्यशैलीले प्रमाणित गरेको उल्लेख गर्नुभयो ।  देशलाई बर्तमान सरकारले  बिगतको एक बर्षमा कुनै उल्लेख्य काम गर्न नसक्दा देशमा निराशा बढ्दै गएको भन्दै  देश नै बर्बादीतिर उन्मुख गराएको जिकिर गर्नुभयो  उहाँले आम जनताको चाहना र इच्छा बुझेर काम गर्न आग्रह गर्नुभयो । एमाले सचिब तथा गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण बिष्टले कार्यकर्ता र सबै नेताहरू  सुढृड पार्टी निर्माणमा हर तरहले लाग्न आग्रह गर्दै सबल र सक्षम कार्यकर्ता निर्माण मार्फत सुखी नेपाली समृद्ध नेपालको अभियान पूरा हुने जिकिर गर्नुभयो ।

    बिष्टले हर पार्टी कमिटीहरू चलायमान बनाउदै पार्टीको समय सापेक्ष  नयाँ उचाइ निर्माणमा लाग्न आग्रह गर्नुभयो ।   बैठकमा सो पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारीले मिसन ८४ को अभिष्ट पूरा गर्न सम्पूर्ण पार्टी कमिटी र सदस्यहरू एकमाना एकता सहित  कटिबद्धताका साथ लागि पर्न आग्रह गर्नुभयो। अधिकारिले लोकतान्त्रिक गणतन्त्रको कुनै बिकल्प नभएको भन्दै अनेकन अफबाहलाई चिर्दै जनताको बिचमा जानू पर्ने उल्लेख गर्नुभयो । बैठकले पार्टी कमिटिका सदस्यहरूको कार्य बिभाजन गरेको छ ।

    जस अनुसार गण्डकी प्रदेशका जिल्ला ,पालिका , जनबर्गिय संगठन सहित विभिन्न  बिभागिय जिम्मेवारी  तोकेको सचिब धनन्जय दवाडी जानकारी दिनुभयो। ने क पा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा बैठक सम्पन्न भएको  थियो।  

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ