Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश कार्यालय भवन निर्माण समितिको दोश्रो बैठक सम्पन्न  


ग्लोबल पाना
शनिबार, माघ ६ २०८०
  • 383
    SHARES

  • images
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश कार्यालय भवन निर्माण समितिको दोश्रो बैठक सम्पन्न  

    पोखरा । नेपाल कम्युनिष्ट पार्टी ( एमाले )गण्डकी प्रदेश कार्यालय भवन निर्माण समितिको दोश्रो बैठक पोखरामा बिहिबार सम्पन्न भएको छ। बैठक नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिब तथा गण्डकी प्रदेश कमिटीका इन्चार्ज  गोकर्ण बिष्टको प्रमुख उपस्थितिमा सम्पन्न भएको  थियो । 

    images
    images
    images

    सचिब बिष्टले  ब्यबस्थित पार्टी जीवनका लागि ब्यबस्थित कार्यालय पहिलो शर्त भएको हुँदा सबै आ आफ्नो तवरले लागि पर्न आग्रह गर्नुभयो ।  बैठकमा स्थायी कमिटी सदस्य थममाया थापा, पोलिट्ब्युरो सदस्य जगत बिश्वकर्मा, भवन निर्माण समितिका संयोजक तथा एमाले गण्डकी  प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले भवन निर्माण योजनाको कार्यान्वयनका  बारेमा प्रकाश पार्नु भएको थियो।

    बैठकको संचालन सचिब धनन्जय दवाडिले गर्नुभएको थियो। बैठकमा एमालेका गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रिय कमिटी सदस्यहरू, एमालेबाट निर्बाचित विभिन्न तहका जन प्रतिनिधिहरू, प्रदेश कमिटीका सदस्यहरू  सहित भवन निर्माण समितिका सदस्यहरूको उपस्थिति रहेको उप सचिब एबम प्रचार तथा प्रकाशन बिभाग प्रमुख मन्जु अधिकारीले जानकारी दिनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ