Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको पहिलो भेला मलेसियामा हुने


ग्लोबल पाना
सोमबार, माघ १५ २०८०
  • 316
    SHARES

  • images
    प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको पहिलो भेला मलेसियामा हुने

    काठमाडौं । नेकपा एमाले संबद्ध विदेश संगठन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको बैठक मलेसियामा हुने भएको छ । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटीको ब्यवस्थापन रहने गरि मञ्चका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको भौतिक उपस्थितिमा उक्त बैठक हुने भएको हो ।

    images
    images
    images

    बैठकको प्रमुख अतिथिमा नेकपा एमाले बिदेश बिभाग प्रमुख डा. राजन भट्टराई उपस्थित रहने र उक्त बैठकमा विश्वभरिका प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटीको ४२ देशका प्रतिनिधिहरु उपस्थिति हुने प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाका अध्यक्ष दयाराम कुमालले जानकारी गराए।

    कुमालका अनुसार अन्तर्राष्ट्रिय कमिटीको बैठक साथसाथै अन्य कार्यक्रमलाई पनि समावेस गरिने हुदा ३ दिने कार्यक्रमको ब्यवस्थापन गरिएको, जसमा फेब्रुअरी ९/१० मा अन्तरास्ट्रिय कमिटीको बैठक लगायतका कार्यक्रम हुने र फेब्रुअरी ११ मा प्रवासी नेपाली मञ्चको प्रशिक्षण एवं जनवादी कलाकारहरुको साथमा सांस्कृतिक कार्यक्रम हुनेछ ।

    उक्त प्रशिक्षण कार्यक्रममा मलेसियाबाट संगठित सदस्यता लिएका ५०० भन्दा बढी कार्यकर्ताले प्रशिक्षण लिने अध्यक्ष कुमालले जानकारी गराए। त्यस्तै उक्तकार्यक्रमको पुर्व तयारी बिशेष जनवरी २८ तारिख आइतबार बसेको बैठकले प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको सचिव कृष्ण खड्काको संजकत्व र राज्य कमिटीको अध्यक्ष/सचीव संयोजक सदस्य रहने गरी कार्यक्रम ब्यबस्थापन समिति गठन गरेको छ भने कार्यक्रम प्रचार प्रसारमा सविन लोप्चानलाई जिम्मेवारी दिएको पनि अध्यक्ष कुमालले जानकारी गराए।

    त्यस्तै प्रवासी नेपाली मञ्च मलेसियाले दुःख पाएका पिडीत भएका,जेलमा रहेको मज्दुरहरुलाई बार्षिक १०० वटा टिकट उपलब्ध गराउदै आएको र घोषणा गरे देखि अहिले सम्म ३० भन्दा बढी टिकट दूतावासको रोहवरमा उपलब्ध गराई सकेको साथै फेब्रुअरी ९/१० र ११ मा हुने भेलाको अवसर पारी प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाले मजदुर केन्द्रित अक्षय कोषको घोषणा पनि गर्ने तयारी रहेको मञ्च मलेसियाका सचीव कृष्ण खड्काले जानकारी गराए। - बारादैनिक

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ