Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

बजेट सुनिश्चित भए लगतै मन्त्री ज्वालाले गरे चन्द्रागिरि सडक अवलोकन


ग्लोबल पाना
बुधबार, माघ १७ २०८०
  • 315
    SHARES

  • images
    बजेट सुनिश्चित भए लगतै मन्त्री ज्वालाले गरे चन्द्रागिरि सडक अवलोकन

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गणेशमान सिंह मार्ग (चन्द्रागिरि) सडकको अवलोकन गरेका छन् । बुधबार चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीसहित मन्त्री ज्वाला उक्त सडक अवलोकन गर्न पुगेका हुन् ।

    images
    images
    images

    बजेट अभावका कारण धराप थापेको भन्दै सरकारको आलोचना भएपछि चालु आर्थिक वर्षमै काम हुने गरी ५ करोड ९९ लाख रुपैयाँ १२ माघमा अर्थ मन्त्रालयले दिने तय भएपछि मन्त्री ज्वाला अनुगमनमा पुगेका हुन् ।

    अर्थ मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरी आगामी आर्थिक वर्षका लागि सिर्जना हुने दायित्व बराबर रकमको स्रोत सुनिश्चित गर्दै बजेट खर्च गर्न सहमति प्रदान गरिसकेको छ ।

    उक्त सडक हेर्ने डिभिजन सडक कार्यालय काठमाडौँले चालु आर्थिक वर्षका लागि २२ करोड रुपैयाँ माग गरे पनि २ करोड रुपैयाँमात्र पाएको थियो । अनुगमन र निरीक्षणपछि मन्त्री ज्वालाले बजेटको सुनिश्चितता भइसकेपछि स्तरोन्नतिले तीव्रता पाउनुपर्ने बताए ।

    रौतहट चन्द्रपुर, बारा निजगढ, पर्सा वीरगञ्ज, मकवानपुर हेटौँडा र थाहा नगरलगायत स्थान जाने छोटो दुरीको मार्ग चन्द्रागिरि सडकमा दैनिक हजारौँ यात्रु जोखिम मोलेर हिँड्ने गरेका छन् ।

    सरकारले थानकोट-चन्द्रागिरि-चित्लाङ सडक खण्डमा धराप थापेको भन्दै सवारी चालक, यात्रु र स्थानीयले विरोध गर्दै आएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ