Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

गौतम बुद्ध क्रिकेट रंगशालालाई बागमती सरकारको ७० प्रतिशत बजेट


ग्लोबल पाना
मंगलबार, माघ २३ २०८०
  • 334
    SHARES

  • images
    गौतम बुद्ध क्रिकेट रंगशालालाई बागमती सरकारको ७० प्रतिशत बजेट

    काठमाडौं । बागमती प्रदेशले गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्नका लागि ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको छ । भरतपुर महानगरकी मेयर रेणु दाहालको सचिवालयका अनुसार मंगलबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेर अलपत्र छोडेको रंगशाला निर्माण सम्पन्न गर्न प्रदेश सरकारले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    निर्माणको प्रथम चरणका लागि ७५ करोड रुपेयाँ बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले बेहोर्ने र त्यसको स्रोत सुनिश्चित गर्ने जनाइएको छ । धुर्मुस–सुन्तली फाउण्डेसनले १९ करोड रुपैयाँ ऋण लागेको भन्दै दुई वर्षअघि निर्माणको काम छाडेको थियो ।

    यसअघि संघीय सरकारले बागमतीप्रदेश सरकारसँगको साझेदारीमा रंगशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने निश्चित भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ