Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षकबाट भूकम्प राहत हस्तान्तरण


ग्लोबल पाना
बिहीबार , माघ २५ २०८०
  • 663
    SHARES

  • images
    गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षकबाट भूकम्प राहत हस्तान्तरण

    पोखरा । कास्की गण्डकी प्रदेश प्रहरी कार्यालयमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण ठुलो मानवीय तथा भौतिक क्षति बेहोरेको रुकुमपश्चिमको आठबिसकोटको वडा नं १२ र १३  क्षेत्रमा भुकम्पप्रभावितलाई केही सहयोग होस् भन्ने उद्धेश्यले डा. लक्ष्मी पन्थीले सुरु गरेको राहत संकलन र वितरण  अभियानलाई हातेमालो गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालय कास्की पोखराले गण्डकी प्रदेश मातहतका सम्पूर्ण प्रहरी निकायहरुले राहत संकलन आब्हान गरी ३५ बोरा कपडा र बाटा खर्च स्वरुप ८०००/ (रु आठ हजार) गण्डकी प्रदेश प्रमुख एबम कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायब महानिरीक्षक विकास राज खनाल ज्यू बाट हस्तान्तरण कार्यक्रम सम्पन्न भयो। 

    images
    images
    images

    सो कार्यक्रममा बोल्दै  प्रमुख अतिथि विकास राज खनालले नेपाल प्रहरी संगठनले  देश भित्र र अन्तर्राष्ट्रिय स्तरमा दुःख,विपतमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धानमा भूमिका निभाउने मात्र नभई कोभिड, भूकम्प र दैवीप्रकोप जस्ता महामारीमा पनि न्यूनीकरणको लागि विगतमा भूमिका खेल्दै आएको जानकारी गराउँदै जाजरकोट- रुकुम पश्चिम भूकम्प पीडितलाई  सहयोग हुन्छ भन्ने उद्दे्यले सामाजिक अभियन्ता एबम डा. लक्ष्मी पन्थीले दुइवटा चरण १४,१२ वडामा स्थानमा पुगेर वितरण गरेको र थप जरुरी र माग  भएकोले भूकम्प पीडित लाई पनि सहयोग होस् भन्ने हेतुले राहत संकलन गरी हस्तान्तरण गरेको र आठविसकोट नगरपालिका वडा नं १२ र १३ सम्म पुर्याउन पनि सहकार्य भएको बताउनु भयो।

    सो क्रममा डा. पन्थीको पेसागत एबम सामाजिक कामहरू, कोभिड महामारीमा र भूकम्पमा गरेका अभियान हरुलाई मुक्तकण्ले प्रशंसा गरिएको थियो।

    सो राहत संकलनमा सहयोग गर्ने संस्थाहरु :

    १. गण्डकी प्रदेश प्रहरी कार्यालय

    २.सामुदायिक सेवा केन्द्र एबम सामुदायिक प्रहरी सेवा,

    ३. गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र,

    ४. नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा,

    ५. नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय,

    ६. गण्डकी प्रदेश प्रहरी गण,

    ७. जिल्ला प्रहरी कार्यालय कास्की,

    ८. नेपाल प्रहरी श्रीमती संघ 

    ९. आत्मज्ञान प्रचार संघ कास्की, 

    १०. आत्मज्ञान प्रचार संघ भरतपुर

    ११. आत्मज्ञान प्रचार संघ स्याङ्जा

    १२. हातेमालो अभियान नेपाल कास्की

    त्यस्तै, कार्यक्रममा पोखरा महानगरपालिका वडा न ७ का वडा अध्यक्ष राम मोहन आचार्य, प्रहरी तालिम केन्द्र समावेशक प्रहरी वरिष्ठ उपरीक्षक अरूण पाैडेल, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्विचोकका अध्यक्ष कमल बहादुर श्रेष्ठ भूकम्प पीडितहरु लाई सहयोग गर्नु एक मानविय ठूलो सेवा हो भन्दै डा. पन्थीले सहयोग गर्नुहुने सहयोगी मनहरुलाई धन्यबाद दिनुभएको थियो।

    डा. पन्थीले १ महिना आगाडीका दुई वटा चरणमा नेपाल प्रहरी तालिम केन्द्र गण्डकी प्रदेश देखि रुकुम प्रहरीले गरेका सहजीकरण, सहयोग र सुरक्षालाई मुक्तकण्ठले प्रशंसा गर्दै नेपाल प्रहरी र आत्मज्ञान प्रचार संघ जस्ता संस्थाले आफूलाई समाजमा थप सामाजिक कार्य गर्न प्रेरणा दिएको आगामी दिनमा पनि सहयोग र हातेमालो गर्दै आगाडी बढ्ने र हस्तान्तरण गरिएको सामान पीडितको हात हातमा पुर्याउने प्रतिबद्धता जाहेर गर्नुभयो। कार्यक्रम सञ्चालन प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले गर्नुभएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ