Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

माओवादी केन्द्रको विधान अधिवेशन, समूगत सुझाव सङ्कलन सुरु


ग्लोबल पाना
बुधबार, फागुन २ २०८०
  • 295
    SHARES

  • images
    माओवादी केन्द्रको विधान अधिवेशन, समूगत सुझाव सङ्कलन सुरु

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनको दोस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन सुरु भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको विधान मस्यौंदामाथि समूहका संयोजकले सुझाव प्रस्तुत गर्न सुरु गरिएको हो ।

    images
    images
    images

    मङ्गलबारदेखि काठमाडौँको कमलाधिस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । एक समूहमा कम्तिमा ५० जना प्रतिनिधि रहने गरी विधानमाथिको छलफलका लागि समूह बनाइएको थियो ।

    सम्मेलनमा भाग लिन पार्टीका स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, विभिन्न मोर्चाका संयोजकहरुको सहभागिता रहेको छ । भोलि बिहीबार विधान अधिवेशन सकिने माओवादी केन्द्रले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ