Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कांग्रेसका ६ शुभेच्छुक संस्थाले बहिष्कार गरे महासमिति बैठक


ग्लोबल पाना
मंगलबार, फागुन ८ २०८०
  • 295
    SHARES

  • images
    कांग्रेसका ६ शुभेच्छुक संस्थाले बहिष्कार गरे महासमिति बैठक

    काठमाडौं । नेपाली कांग्रेसका छ वटा शुभेच्छुक संस्थाहरूले पार्टीको महासमिति बैठक बहिष्कार गरेका छन् । ललितपुरको गोदावरीमा सोमबारदेखि पार्टीको महासमिति बैठक सुरु भएको छ । महासमिति बैठक अघि पार्टी विधानको दफा १८ (१) (घ) अनुसार प्रत्येक शुभेच्छुक संस्थाबाट तीन-तीनजनाको प्रतिनिधित्व गराइनुपर्ने व्यवस्था विपरीत भएको भन्दै ती शुभेच्छुक संस्थाहरूले बैठक बहिष्कार गरेका हुन् ।

    images
    images
    images

    ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन, प्रजातान्त्रिक चिकित्सक संघ, नेपाल प्रेस युनियन, सेन्टर फर डेमेक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै महासमिति बैठक बहिष्कार गरेका छन् ।

    ‘हामी नेपाली कांग्रेसका शुभेच्छुक संघ संस्थाहरू संस्थाको विधान बमोजिम केन्द्रीय महाधिवेशन सम्पन्न गरिसकेको र नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को दफा १८ (१) (घ) बमोजिम भातृ संघ एवं शुभेच्छुक संस्था प्रत्येकबाट सम्बन्धित संस्थाको केन्द्रीय अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित गरेका केन्द्रीय अध्यक्षसहित ३ जना नेपाली कांग्रेसको केन्द्रीय महासमितिमा पठाउने विधानको प्रावधान बमोजिम शुभेच्छुक संस्थाका केन्द्रीय अधिवेशन पश्चात् निर्वाचित शुभेच्छुक संस्थाहरूबाट अध्यक्ष पदेन र अन्य २ जनाको नाम पठाएकोमा सो नामलाई विधानको बर्खिलाप हुने गरी व्याख्या समेत गरी उक्त नामहरु समावेश नगरेको पाइयो,’ शुभेच्छुक संस्थाका अध्यक्षहरूले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘त्यसकारण महासमितिको बैठकमा हामी सहभागी नहुने व्यहोरा जानकारी गराउँछौं ।’

    निर्वाचित अध्यक्षलाई आमन्त्रित महासमिति सदस्य कायम गरी गरेको निणर्यसमेत नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को विपरीत भएको उनीहरूको भनाइ छ । महासमिति बैठकअन्तर्गत मंगलबारदेखि बन्दसत्र सुरु हुदैछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ