Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

प्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षण


ग्लोबल पाना
बुधबार, फागुन ९ २०८०
  • 312
    SHARES

  • images
    प्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षण

    काठमाडौं । प्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेला-२०८०’ २० औँ दिनसम्म आइपुग्दा ग्राहकको भीड बढ्दै गएको छ । उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको व्यवस्था गरीदिनाले पनि अहिले भिडभाड बढेको आयोजक टिम बताउँछन् । नेपाली जुत्ताचप्पल उद्यमी समूहको आयोजनामा गत माघ १८ गतेदेखि सुरु भएको जुत्ताचप्पल व्यापार मेलामा फागुन ८ गतेसम्म आइपुग्दा ३० हजारभन्दा बढी ग्राहकले अवलोकन गरेको नेपाल जुत्ताचप्पल उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् जुत्ताचप्पल उद्यमी सुरज बन्जाडेले जानकारी दिनुभयो ।

    images
    images
    images

    मेला आयोजक सविन कार्कीले उद्योगी र उपभोक्ताहरु बिच सिधै जुत्ताचप्पल खरिद बिक्री भएको हुँदा उपभोक्ताले कम मुल्यमा गुणस्तरीय जुत्ता पाएको बताउनुभयो । “हामीले डिलर, डिष्ट्रिब्युटर र पसललाई दिने कमीसन सबै उपभोक्तालाइ दिएका छौ, आम उपभोक्ताले मौकाको फाईदा उठाउन सक्छन्,”- उहाँले भन्नुभयो । 

    नेपाल जुत्ताचप्पल उत्पादक सङ्घका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले नेपाली उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउने उदेश्यले चावहिलमा पहिलोपटक जुत्ताचप्पल मेला आयोजना गरिएको बताउनुभयो । मेलाको शुरुमा भन्दा अहिले उपभोक्ताको भीड बढ्दै गइरहेको मेला संयोजक दिवाकर गिरीले बताउनुभयो ।  जुत्ताचप्पल मेलामा नेपालका १४ उद्योगका ३० भन्दा धेरै ब्राण्ड र तीन हजारभन्दा धेरै डिजाईन राखिएको छ ।

    जुुत्ता किन्न आएका ग्राहकहरु पनि सर्वसुुलभ मुुल्यमानै जुत्ता पाएको बताई रहेका थिए । मनमैजुु बस्ने अमी कटेलले आफ्नो आमाको लागी जुुत्ता किन्न आएको बताउदै चाबेलको जुत्ता मेलामानै जानुको कारण अन्य स्थानमा भन्दा उद्ययोगी र ग्राहाकसँग प्रत्यक्ष सम्पर्क भयर जुत्ता किन्दा फाईदा भएको बताउनुु भयो । बेला बेलामा यसरी राखीने मेलाले सर्वसाधारण व्यक्तिहरले पनि आफ्नो ईच्छा अनुुसारको जुत्ता हेरेर खरीद गर्न सहयोग सम्म ग्राहकहरुलाई पुुगेको उहाँले बताउनुु भयो ।

    उक्त मेलामा हाइलाइफ, शु ल्याण्ड, बेली, बोश शुज, आइडल, भेनस, शिल्स, हिमानी, वन वल्र्ड, कोशेली, रन शुज, शिखर शुज, पिजी शुज र ब्याम्बो शुज राखिएका छन् । फागुन १८ गतेसम्म चल्ने मेलामा रु तीन करोड बराबरको जुत्ताचप्पल विक्रि हुने लक्ष्य मेला आयोजकले राखेको छ । मेलामा १५ देखि ६० प्रतिशतसम्म छुट दिएको व्यवसायीहरु बताउँछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ