Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा उपाध्यक्षका आकांक्षी इन्द्र राउत


ग्लोबल पाना
बुधबार, फागुन ९ २०८०
  • 307
    SHARES

  • images
    सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा उपाध्यक्षका आकांक्षी इन्द्र राउत

    सिन्धुपाल्चोक । चैत ९ र १० गते बाह्रबिसेमा हुने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११ औं अधिबेशनमा पदाधिकारी र सदस्य पदका लागि आकांक्षीहरुले बिभिन्न माध्यमद्धारा आकांक्षा प्रकट गरिरहेका छन् । यस्तै क्रममा नयाँ पुस्तालाई संघको पदाधिकारी र सदस्यमा समेटिनु पर्ने आवाज उठिरहेको छ ।

    images
    images
    images

    यस अघिका कार्यसमितिमा नसमेटिएका तर ब्यापार ब्यबसायमा निरन्तर लागेर देश र समाजलाई समृद्ध बनाउने कार्यमा रहेका ब्यापारी ब्यबसायीलाई पदाधिकारी र सदस्य पदमा निर्वाचित गराउनु पर्ने आवाज बुलन्द भईरहेको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको आजीजन सदस्य भई संघ र जिल्लाभरका सबै खाले साना, मझौला, ठूला ब्यापारी ब्यबसायी, उद्योगीहरुका पक्षमा काम गर्दे आएका, उत्तरी सीमा नाकाहरुबाट सहजरुपमा आयात-निर्यातका वातावरण तयार हुनु पर्छ भन्ने बारे निरन्तर लाग्दै आएका युवा ब्यबसायी इन्द्र राउतले संघको उपाध्यक्षमा उम्मेदवारी दिने आकाँक्षा ब्यक्त गरेका छन् ।

    तातोपानी नाका, रसुवा नाकाबाट आयात-निर्यात बढाउन, कोदारी राजमार्गको स्त्तरबृद्धि गराउनका लागि सरकारी ढोका ढकढक्याउन, साना, मझौला, ठूला ब्यापारी, ब्यबसायी, उद्योगीहरुको ब्यबसायिक समस्या समाधान गर्न, जिल्लालाई कृषि, ब्यापार, ब्यबसाय, पर्यटन, लघु उद्यम लगायतका क्षेत्रबाट समृद्ध बनाउनका लागि आफूले उपाध्यक्ष पदमा उम्मेदवारी राउतको भनाई छ ।

    भूकम्पले ध्वस्त नाकाहरुलाई बर्तमान अबस्थालाई बिस्तारै लयमा फर्काउन, नाका आबद्ध ब्यापारी, ब्यबसायी, उद्योगी पलायन हुनबाट जोगाउन, ब्यापारिक कार्यलाई पूर्ण सुरक्षाका वातावरण बनाउन, ब्यापारिक कारोबारबाट मुलुकको अर्थतन्त्र सुधार गर्न, आत्मनिर्भर ब्यबसायी बनाउन उपाध्यक्षको आकांक्षी रहेको राउतले बताएका छन् । संघले जिल्लालाई आर्थिक गतिबिधिबाटै समृद्ध बनाउनेमा आफूसंग बिभिन्न योजना रहेको पनि उनले बताए ।

    ब्यापार ब्यबसाय, लघु उद्यम, ठूला उद्योग, कलकारखाना जस्ता कार्य बढाउदै जिल्लाबासीलाई आर्थिक रुपमा सम्पन्न बनाउने एजेण्डा अनुसार काम गर्ने राउतको दाबी छ । इन्द्र बाह्रबिसे नगरपालिका-४ स्थायी हुन् । एक दशक बढी समय उनी तातोपानी, रसुवा नाका आबद्ध भई ब्यापार, ब्यबसायमा लागि मुलकको अर्थतन्त्रमा टेवा पुर्‍याईरहेका छन् ।

    ब्यापार ब्यबसायका अलवा राउतले बिभिन्न सामाजिक कार्य, बिकास निमाणर्का काम, बिभिन्न ब्यक्तिलाई रोजगार दिलाउदै आईरहेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ