Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कांग्रेस महासमिति बैठकमा गठबन्धनकै चर्चा


ग्लोबल पाना
बिहीबार , फागुन १० २०८०
  • 337
    SHARES

  • images
    कांग्रेस महासमिति बैठकमा गठबन्धनकै चर्चा

    ललितपुर । नेपाली कांग्रेसको महसमिति बैठकको चौंथो दिन विहीबार विभिन्न पाँचवटा प्रतिवेदनहरुमाथि समूहगत रुपमा छलफल भइरहेको छ । अधिकांश नेता कार्यकर्ताहरुले जारी महासमिति बैठकले कांग्रेसप्रति जनताको आकर्षण बढ्ने गरि हुनुपर्ने धारणा राखेका छन् ।

    images
    images
    images

    प्रतिवेदनमाथिको छलफलमा बोल्दै भक्तपुरका पार्टी सभापति दुर्लभ थापाले महासमिति बैठक पूर्ण रुपमा गठबन्धन केन्द्रित भएको बताएका छन् । उनले गठबन्धन हुनु या नहुनुले के फरक पर्छ? भन्दै प्रश्न समेत गरेका छन् । आफू गठबन्धनकै प्रतिनिधि बनेर निर्वाचित भएको बताएका थापाले पाँच वर्षसम्म गठबन्धन कायम रहनुपर्ने बताएका हुन् ।

    त्यस्तै, महासमिति सदस्य गोपाल विश्वकर्माले भने गठबन्धन नगर्ने विषय केन्द्रीय समितिबाट अनुमोदन गराउन आग्रह गरे । उनले पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीको घोषणा पत्र कार्यान्वयन गराउन ध्यानाकर्षण समेत गराए ।

    महासमिति सदस्य भीमसेनदास प्रधानले तल्लो तहमा छलफल गरेर महासमिति बैठक गर्ने वातावरण आगामी बैठकहरूमा मिलाउन आग्रह गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ