Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रेस चौतारी गण्डकीको पाँचौ पूर्ण बैठक सम्पन्न


ग्लोबल पाना
सोमबार, फागुन १४ २०८०
  • 393
    SHARES

  • images
    प्रेस चौतारी गण्डकीको पाँचौ पूर्ण बैठक सम्पन्न
    पोखरा । प्रेस चौतारी गण्डकीको पाँचौ पूर्ण बैठक पोखरामा सम्पन्न भएको छ । बैठकको ने क पा ( एमाले ) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले उद्घाटन गरेका थिए। शर्माले ससक्त पार्टीको लागि ससक्त सन्चार आबश्यक भएको भन्दै सबै प्रेस चौतारीका सदस्यहरू ब्यक्तिगत संगै संस्थागत शसक्तिकरणमा लाग्न आग्रह गरे।
     
    शर्माले सबै क्षेत्रले जनताले अनुभुती गर्ने गरि काम गर्नु पर्ने भन्दै जनताको दैनिक जनजिबिकाको बिषयलाई सम्बोधन गर्ने बाताबरण मिलाउन आग्रह गरे। ने क पा ( एमाले ) गण्डकी प्रदेश कमिटीका उप सचिब एबम प्रकाशन तथा प्रकाशन बिभाग प्रमुख मन्जु अधिकारीले पार्टीको निति सिद्धान्त र कार्यक्रम जनताका बिच लैजाने संचारकर्मीहरू अझै घनिभुत ढंगले सक्रिय रूपले अगाडी आग्रह गरिन।
     
    अधिकारीले बिकृती र बिसङ्गतिको बिरुद्ध निर्धक्कसंग कलम र आवाज मुखरित गर्न आग्रह गरिन। कार्यक्रममा ने क पा (एमाले) केन्द्रिय प्रचार तथा प्रकाशन बिभाग सदस्य रामकृष्ण ज्ञवाली, प्रेस स्वतन्त्रता सेनानी बद्री बिनोद प्रतीक ,प्रेस चौतारी नेपाल केन्द्रिय कमिटी सचिब तथा गण्डकी प्रदेश इन्चार्ज सुश्मा पौडेल, प्रेस चौतारी नेपाल केन्द्रिय लेखा आयोग उपाध्यक्ष रामजी प्रसाद लम्साल, प्रेस चौतारी नेपाल केन्द्रिय अनुशासन आयोग उपाध्यक्ष श्यामनाथ कुबर, प्रेस चौतारी कास्कीका कार्यबाहक अध्यक्ष मोतिसागर अधिकारी, लमजुङ अध्यक्ष कृष्ण आले ,बागलुङ अध्यक्ष सृजना पन्त,म्याग्दी अध्यक्ष प्रताप बानियाँ,स्याङ्जा अध्यक्ष सुशील सुबेदी,पर्बतबाट सृजना बराल, गोर्खा जिल्ला इन्चार्ज किरण लोहनी,मुस्ताङ इन्चार्ज तिलक बि.क.सहितले मन्तव्य व्यक्त गरेका थिए।
     
    बैठकले संगठन मजबुतिकरणका लागि विभिन्न महत्त्वपूर्ण निर्णय गरेको अध्यक्ष इन्द्र पौडेलले जानकारी दिए। प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष उमाकान्त शर्माले स्वागत र महासचिव आश गुरुङले संचालन गरेका थिए।
     
     
     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ