Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रियसभामा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने


ग्लोबल पाना
बुधबार, फागुन १६ २०८०
  • 367
    SHARES

  • images
    राष्ट्रियसभामा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा आफैं उम्मेदवारी दिने निणर्य गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टी स्थायी कमिटिको बैठकले माओवादी आफैंले उम्मेदवारी दिने निणर्य गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

    images
    images
    images

    सत्तारुढ गठबन्धन दल कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अध्यक्षमा अघि सार्ने तयारी चर्चाकाबीच माओवादी यस्तो निणर्य गरेको हो । माओवादीको स्थायी कमिटी बैठकमा मंगलबार अधिकांश नेताहरूले राष्ट्रिय सभा अध्यक्षमा दाबी प्रस्तुत गर्नुपर्ने अडान राखेका थिए ।

    संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने ६ सदस्यीय संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले दुवै दलले राष्ट्रिय सभा अध्यक्ष आफनो दलका नेतालाई बनाउन चाहेको बताइएको छ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ मा हुँदैछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ