Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

दीर्घकालीन असर गर्ने निणर्य नगर्न गण्डकी प्रदेश सरकारलाई एमालेको आग्रह


ग्लोबल पाना
सोमबार, फागुन २८ २०८०
  • 310
    SHARES

  • images
    दीर्घकालीन असर गर्ने निणर्य नगर्न गण्डकी प्रदेश सरकारलाई एमालेको आग्रह

    गण्डकी। नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलले दीर्घकालीन असर गर्ने निणर्य नगर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ। दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले आइतबार बसेको दलको बैठकले सो निणर्य गरेको जानकारी दिए। “सरकार अल्पमतमा परेर काम चलाउको अवस्थामा परिणत भइसकेकाले दीर्घकालीन असर पर्ने खालका कुनै पनि निणर्य नगर्न सचेत गराइएको छ”, उनले भने।

    images
    images
    images

    बैठकले परिवर्तित अवस्थामा दलका तर्फबाट आवश्यक संवाद र समन्वयका लागि दलका नेता खगराज अधिकारीलाई जिम्मा दिने निणर्य गरेको छ।

    गण्डकी प्रदेशमा नयाँ सरकार निर्माणका प्रक्रियामा सहज र स्वभाविक राजनीतिक निकासका लागि वातावरण तयार गर्न सम्बद्ध सबै पक्षलाई आह्वान गर्ने निणर्य बैठकले गरेको प्रमुख सचेतक नेपालीले बताए।

    नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ