Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

दिपक मनाङेले पार्टी त्यागेपछि गण्डकीको राजनीतिमा नयाँ मोड


ग्लोबल पाना
सोमबार, चैत ५ २०८०
  • 329
    SHARES

  • images
    दिपक मनाङेले पार्टी त्यागेपछि गण्डकीको राजनीतिमा नयाँ मोड

    कास्की। गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेपछि गण्डकीको राजनीतिले नयाँ मोड लिएको छ। प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र जितेका मनाङे त्यसपछि एकीकृत समाजवादी प्रवेश गरेका थिए।

    images
    images
    images

    नयाँ गठबन्धनले सरकार गठनको तयारी गरिरहँदा उनले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका हुन्। मनाङेले एकीकृत समाजवादी पार्टी परित्याग गरेको भन्दै गण्डकी प्रदेश सभा सचिवालयमा पत्र दिएका छन्।

    गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विश्वासको मत लिनुपर्ने अवस्थामा छन्। कांग्रेसबाट निर्वाचित पाण्डेले माओवादी केन्द्रका मन्त्री बर्खास्त गरेपछि माओवादीले समर्थन फिर्ता लिएको छ।

    ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ र दीपक मनाङे रहेका छन्।

    यो स्थितिमा मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन भने एमाले-माओवादीले पनि सजिलै सरकार बनाउन सक्ने अवस्था छैन।

    गण्डकीमा अहिलेसम्म राप्रपा निणर्ायक देखिएको छ। तर, मनाङे पनि स्वतन्त्र बसिदिँदा अहिलेको सत्ता समीकरणको सरकार सजिलै बन्ने स्थिति नदेखिएको हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ