Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पार्टीका संरक्षक रेशम चौधरी विदेशमा, रञ्जिताले बोलाइन् केन्द्रीय समिति बैठक


ग्लोबल पाना
बुधबार, चैत १४ २०८०
  • 275
    SHARES

  • images
    पार्टीका संरक्षक रेशम चौधरी विदेशमा, रञ्जिताले बोलाइन् केन्द्रीय समिति बैठक

    धनगढी। नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा रहेको विवाद रोकिने संकेत देखिएको छैन। अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी विदेशमा रहेका बेला आजको लागि टिकापुरमा केन्द्रीय समितिको बैठक बोलाएपछि विवाद बढेको हो। चौधरी हाल जापान भ्रमणमा छन्।

    images
    images
    images

    संरक्षक चौधरीको उपस्थिति बिना बैठक बस्न लागेको भन्दै उनी समर्थक केन्द्रीय सदस्यले बैठक बहिस्कार गर्ने तयारी गरेका छन्। अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी नभएको अवसरमा बैठक बोलाएर सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन नगर्ने निणर्य गराउन खोजेको नाउपाका नेताहरुले बताएका छन्। पार्टी अध्यक्ष श्रेष्ठले केन्द्रमा नयाँ समीकरणलाई समर्थन गरेकी छन् भने प्रदेशमा पनि सोहि समीकरणलाई समर्थन गर्नुपर्ने बताउदै आएकी छन्।

    तर संरक्षक चौधरीले भने सुदूरपश्चिममा आफ्नो दललाई सहभागी बनाएर नाउपाका ७ जना मध्ये ५ जना सांसदलाई मन्त्री बनाएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ