Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

‘विद्यालय शिक्षा सुधार गर्न दलीयकरण रोक्नु पर्छ’ : गगन थापा


ग्लोबल पाना
आइतबार, चैत १८ २०८०
  • 371
    SHARES

  • images
    ‘विद्यालय शिक्षा सुधार गर्न दलीयकरण रोक्नु पर्छ’ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विद्यालय शिक्षा सुधार गर्नका लागि दलीयकरण तथा राजनीतिकरण रोक्नुपर्ने बताएका छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको दशौं स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले विद्यालय व्यवस्थापन समिति गठनदेखि शिक्षकका ट्रेड युनियनहरुलाई रोक्न आवश्यक रहेको बताए ।

    images
    images
    images

    उनले भने, ‘जहाँसम्म विद्यालय शिक्षा सुधारको कुरामा दलीयकरण र राजनीतिकरण रोक्न आवश्यक छ, यसका लागि छलफल गर्न आवश्यक छ । गरिब परिवारका विद्यार्थीका अभिभावकहरुले विद्यालयमा खासै चासो राख्दैनन् । यो पनि त राजनीतिकै कमजोरीको कारण हो ।’ समाजमा भइरहेका अन्य विकास निर्माणका काम खबरदारी गर्न आउने अभिभावकलाई विद्यालयसम्म आउन राजनीतिले रोकेको थापाको भनाइ छ ।

    त्यस्तै, उनले सरकारले विद्यालय शिक्षा निःशुल्क गरेपछि अतिरिक्त स्रोत व्यवस्थापनको ढोका खोलिदिनुपर्ने उल्लेख गरे । सार्वजनिक तथा सामुदायिक विद्यालयलाई स्थानीय सरकारले नजिकबाट चिन्न सक्ने भएकाले विद्यालय शिक्षा सुधारको अभिभारा उसलाई नै दिनुपर्ने उनले बताए । उनले भने, ‘स्थानीय सरकार नजिक भएकाले विद्यालयलाई नजिकबाट चिन्छ । सिकाइलाई नजिकबाट चिन्छ । संघले सरुवा बढुवा गर्ने काम गर्छ । त्यो त जस्ले पनि गरिहाल्छ नि ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ