Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कांग्रेसलाई उपनिर्वाचनको उम्मेदवार छान्न सकस


ग्लोबल पाना
बुधबार, चैत २१ २०८०
  • 352
    SHARES

  • images
    कांग्रेसलाई उपनिर्वाचनको उम्मेदवार छान्न सकस

    काठमाडौं । बैशाख १५ मा हुने उपनिर्वाचनका लागि एमाले, रास्वपालगायत अन्य दलले उम्मेदवारी घोषणा गरेर प्रचारमा लागेका छन् । तर नेपाली कांग्रेसले भने अझैसम्म उम्मेदवारकै टुंगो लगाउन सकेको छैन । उम्मेदवार छान्न सोमबार र मंगलबार दिनभर सभापति शेरबहादुर देउवाले पार्टीभित्र नेताहरूसँग छलफल गरिरहेका छन् । तर सहमति जुटेको छैन । कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा नेताहरूबीच मतभेद भएको छ ।

    images
    images
    images

    मंगलबार उम्मेदवारको टुंगो लगाउन नसकेपछि बुधबार पनि कार्यसम्पादन समितिको बैठक बस्दैछ ।प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीले उपनिर्वाचनका लागि उम्मेदवारी दिने र त्यही विषयमा छलफल भइरहेको बताए । ‘सिफारिस भएर आएका नामहरूमाथि छलफल भयो । विभिन्न चरणमा सबै नामहरूमाथि छलफल गरेपछि अब टुंग्याउने चरणमा पुगेको छ,’ उनले भने, ‘आज बस्ने बैठकले टुंगो लगाउँछ ।’

    बुधबार पनि दिउँसो २ बजे बुढानिलकण्ठस्थित देउवाको निवासमा बैठक बस्दैछ । मंगलबारको बैठकमा सभापति देउवाले इलाम-२ मा डम्बरबहादुर खड्का र बझाङको प्रदेशसभा-१ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । तर त्यसमा नेता शेखर कोइराला पक्षले असहमति जनाएको छ ।

    देउवाको प्रस्तावमा नेता कोइराला र महामन्त्री गगन थापाले असहमति जनाएपछि मंगलबार उम्मेदवारको टुंगो लाग्न नसकेको हो । कोइराला पक्षले इलाम-२ मा भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउन प्रस्ताव गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ