Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

संसदमा कठोर बन्ने कांग्रेसको संकेत


ग्लोबल पाना
मंगलबार, चैत २७ २०८०
  • 332
    SHARES

  • images
    संसदमा कठोर बन्ने कांग्रेसको संकेत

    काठमाडौं। नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ। यसअघि हिजो पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेसको पदाधिकारी बैठकले आज बस्ने प्रतिनिधि सभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरेको थियो।

    images
    images
    images

    कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ। पछिल्लो समय मन्त्री लामिछानेले विधेयक पेस गर्न नपाउने सर्तमा कांग्रेसले तीन दिनका लागि संसदमा अवरोध रोकेको थियो।

    कांग्रेसले सरकारलाई छानबिन समिति लिएर आउन चैत २१ गतेसम्मको अल्टिमेटम दिएको थियो। तर सो अवधिसम्म पनि सरकारले कांग्रेसको माग अनुसार समिति नबनाएपछि अब संसदमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा हिजोको बैठकमा छलफल भएको थियो। कांग्रेसले आज बस्ने संसद् बैठकसमेत चल्न नदिने अडान कायमै राखेको छ।

    संसद्को अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेतासँग गरेको छलफल बिनानिष्कर्ष टुंगियो।

    सोमबार सभामुख घिमिरेको पहलमा भएको छलफलमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समितिको अडान कायमै राखेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो।

    बैठकपछि नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आफूहरूले अहिलेसम्म संसद् अवरोध नगरेर सदासयतापूर्वक माग राखेको भए पनि सरकार गैरजिम्मेवारपूणर् तरिकाले प्रस्तुत भइरहेको आरोप लगाए। गृहमन्त्री माथिको छानविनको मागबाट आफूहरू पछि नहट्ने लेखकको प्रष्टोक्ति छ।

    अबका संसदीय कारबाही अवरुद्ध भए सरकारले जिम्मा लिनुपर्ने चेतावनी दिँदै लेखकले भने, ‘हाम्रो कुरा यथावत् राख्यौँ । लाखौँ लाख नेपाली नागरिकको पैसा सहकारीमा पैसा बचत गरिएको छ। देशका सहकारीमा रकम अपचलन, ठगी भएको छ। यसमा बहालवाला मन्त्री मुछिनुभएको छ। अहिलेसम्म सदासयतापूर्वक प्रस्तुत भएर आफ्नो माग राखेका छौँ । संसद् अवरोध गरेका छैनौँ । तर, सरकार गैरजिम्मेवारपूणर् तरिकाले प्रस्तुत भइरहेको छ। नागरिकको विचल्लीप्रति सरकार संवेदनशील भएको छैन । संसदीय समितिको न्यूनतम माग गर्दा सुनुवाइ भएको छैन । अब संसद्का बैठक र काम कारबाही अवरुद्ध भयो भने त्यसको जिम्मा सरकारले लिनुपर्छ।’

    बैठकमा सहभागी सत्तारूढ दलको प्रमुख घटक नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसको माग राजनीतिक पूर्वाग्रहले प्रेरित भएको आरोप लगाए।

    बैठकलाई सहज बनाउन आफूहरूले कांग्रेसलाई आग्रह गरेको जानकारी दिँदै बर्तौलाले भने, ‘महत्वपूणर् विधेयकमा छलफल भइरहेको बेला राजनीतिक पूर्वाग्रहमा तथ्य र प्रमाणविहीन माग उठाइएको छ। यस्ता हल्का विषयमा संसदीय समिति बनाउँदै जाने भए हामीले ठिक नजिर बसाउन सक्दैनौँ । मागमा पुनर्विचार गर्नुस् भन्यौं। हाउसमा तथ्य र प्रमाणले सहयोग नगर्ने विषयमा समिति बनाउन सकिँदैन । भोलिको संसद्को नियमित प्रक्रिया अघि बढ्छ।’

    संसदीय छानविन समिति गठन नगरी कतिपय विषय संसद्को समितिबाट गर्न सकिने विकल्प रहेको उनको भनाइ छ। बैठकपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले कांग्रेसको माग सही मान्न नसकिने प्रतिक्रिया दिए।

    कांग्रेसले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठन बटमलाइन बनाएको छ।

    पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी र पूर्व-पदाधिकारीको बैठकले सहकारी ठगीमा जोडिएका मन्त्रीमाथि छानविन गर्न संसदीय समिति गठनको विकल्प नभएको निष्कर्ष निकालेको हो।

    संसद्मा रहेका पूर्व र वर्तमान कांग्रेस पदाधिकारीको सोमबार बिहान बसेको बैठकले छानविन समितिबाट नहट्ने निणर्य लिएको जानकारी दिँदै पार्टी महामन्त्री गगन थापाले भने, ‘संसदीय छानविन समिति कस्तो बनाउने, त्यसको क्षेत्राधिकार खुलेर छलफल गर्न हामी तयार नै छौं। संसदीय छानविन समिति बनाएर जाने सामान्य माग हो। सरकार यसमा संवेदनशील हुनुपर्छ भन्ने पोजिसन हाम्रो रहन्छ। संसदीय छानविन समितिका विषयमा शीर्ष तहको बैठकमा सबै एकमत छन्।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ