Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एमालेको गण्डकीद्वारा आयोजित जनप्रतिनिधिको प्रशिक्षण समापन


ग्लोबल पाना
सोमबार, वैशाख २४ २०८१
  • 379
    SHARES

  • images
    एमालेको गण्डकीद्वारा आयोजित जनप्रतिनिधिको प्रशिक्षण समापन

    पोखरा, बैशाख२४ । ने क पा (एमाले) ले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्बाचित जनप्रतिनिधिहरूलाई आयोजना गरेको तिन दिने प्रशिक्षण सोमबार पोखरामा सम्पन्न भएको छ । प्रशिक्षण समापनका अबसरमा एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय बिकास बिभाग प्रमुख देबेन्द्र दाहालले प्रशिक्षण पार्टीका नीति तथा कार्यक्रम कार्यान्वयनमा फलदायी भएको र सुखी नेपाल सम्बृद्ध नेपालको आधार निर्माणमा सहयोगी हुने बिश्वास ब्यक्त गर्नुभयो ।

    images
    images
    images

    सो प्रशिक्षण नियमित बार्षिक रूपमा आयोजना हुने भन्दै स्थानीय तहमा रहेका आफ्ना जनप्रतिनिधिलाई कार्य सम्पादनमा दक्षता बढाउदै एमालेलाई बलियो राष्ट्रीय शक्तिका रूपमा स्थापित गराउने उद्देश्य रहेको बताउनुभयो । कार्यक्रममा पोलिटब्युरो सदस्य मना के सी ले प्रशिक्षणले कार्य दक्षता बढाउन सहयोगी हुने उल्लेख गर्दै पार्टी र स्थानीय जनप्रतिनिधिहरू बीच समन्वय र सहकार्यमा फलदायी हुने उल्लेख गर्नुभयो ।

    एमाले गण्डकी प्रदेश कमिटिका अध्यक्ष नबराज शर्माको अध्यक्षतामा सम्पन्न समापन समारोहको संचालन प्रदेश कमिटी सचिब धनन्जय दवाडीले गर्नुभएको थियो । तिन दिन सम्म चलेको सो प्रशिक्षणमा उप –महासचिब प्रदिप ज्ञवाली सहित एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय बिकास बिभाग प्रमुख देबेन्द्र दाहाल, सोहि विभागका सचिब हर्कराज राइ, केन्द्रीय स्कुल बिभाग सदस्य रामशरण प्याकुरेल, प्राध्यापक डाक्टर तत्व तिम्सिना सहितका नेताहरूले सहजिकरण गर्नुभएको एमाले गण्डकी प्रदेश कमिटीका सचिब दवाडीले जानकारी दिनुभयो ।

    प्रशिक्षणमा एमालेबाट गण्डकी प्रदेशका स्थानीय तहमा निर्बाचित प्रमुख ,उप- प्रमुख , जिल्ला समन्वय समितिका प्रमुख ,उप- प्रमुख र प्रत्येक जिल्लाबाट एक जना वडा अध्यक्ष सहित पार्टीका जिल्ला कमिटि अध्यक्ष र इन्चार्जहरू गरी करिब एक सय जनाको सहभागिता रहेको ने क पा एमाले गण्डकी प्रदेशका स्थानीय तह बिभाग प्रमुख एबम प्रदेश कमिटी सदस्य लिलाधर पौडेलले जानकारी दिनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ