Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दिए राजीनामा


ग्लोबल पाना
सोमबार, वैशाख ३१ २०८१
  • 331
    SHARES

  • images
    स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दिए राजीनामा

    काठमाडौं। उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष समेत रहेका यादवले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन्।

    images
    images
    images

    “आज विहान प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएको छु, वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु”, उनले भने।

    उनले आजका दिनसम्म सरकारमा रहेर सहकार्य गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन्।

    त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री दीपक कार्कीले पनि आजै पदबाट राजीनामा दिएका छन्। जसपा राजनीतिक समिति सदस्य समेत रहेका उनले आजै राजीनामा बुझाएका हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ