Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक फिर्ता, एक मतको अपमान


ग्लोबल पाना
मंगलबार, जेठ ८ २०८१
  • 309
    SHARES

  • images
    राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक फिर्ता, एक मतको अपमान

    काठमाडौं । सरकारले प्रतिनिधि सभाबाट राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक फिर्ता लिएको छ । मंगलबार निर्धारित समयभन्दा ढिलो सुरु भएको प्रतिनिधि सभा बैठकमा वेल घेरेर प्रमुख प्रतिपक्षी दल नारा लगाईरहेको थियो । त्यही समयमा सरकारले विधेयक फिर्ता लिएको हो ।

    images
    images
    images

    सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८० सभामा पेश गर्न समय दिए । त्यसपछि मर्यादापालकको सुरक्षा घेरामा उभिएर गृहमन्त्री लामिछानेले सो विधेयक पेश गरे । त्यसपछि सभामुखले विधेयक फिर्ता लिने प्रस्तावमा कसैको विरोधको सूचना नपरेको उल्लेख गर्दै बहुमतले विधेयक फिर्ता लिन समर्थन गरेको घोषणा गरेपछि विधेयक फिर्ता भयो ।

     तर, सो विधेयकबारे सभामुखले सांसदहरुको ध्यानाकर्षण गराउँदा सदनमा प्रतिपक्षी बेञ्चमा बसेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र हात उठाएर असहमति जनाएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ