Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

‘नेपाल-अफ्रिका फिल्म फेस्टिभल’ असारमा 


ग्लोबल पाना
बुधबार, जेठ ९ २०८१
  • 255
    SHARES

  • images
    ‘नेपाल-अफ्रिका फिल्म फेस्टिभल’ असारमा 

    काठमाडौं । आगामी असारको पहिलो साता काठमाडौंमा १२ औं संस्करणको ‘नेपाल-अफ्रिका फिल्म फेस्टिभल-२०२४’ आयोजना हुने भएको छ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन (सीजेएमसी) र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह-आयोजनामा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सीजेएमसीकी प्रिन्सिपल डा. मञ्जु मिश्रले जानकारी दिइन् ।

    images
    images
    images

    महोत्सवका लागि यसपटक १५ भन्दा बढी अफ्रिकी मुलुकका चार दर्जन भन्दा बढी अफ्रिकन फिल्म, सर्ट फिल्म तथा वृत्तचित्र प्राप्त भएका छन् । यीमध्ये बढीमा एक दर्जन अफ्रिकी फिल्मलाई समावेश गराईने भएको छ । महोत्सवमा प्राप्त अफ्रिकन फिल्महरुलाई अहिले निर्णायक टिमले हेरिरहेको छ ।

    ‘हामीले नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदानसँगै फिल्मबाट दुई फरक महाद्विपलाई जोड्न १३ वर्ष अघिबाट यो महोत्सव निरन्तर आयोजना गर्दै आएका छौं । महोत्सवले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनु पर्छ भन्ने हाम्रो उद्देश्य रहेको छ,’ महोत्सवकी अध्यक्षसमेत रहेकी अध्यक्ष डा. मिश्रले भनिन् ।

    महोत्सवका लागि नेपालका फिल्म, सर्ट फिल्म, वृत्तचित्र, आदिवासी फिल्म र विद्यार्थी फिल्महरु समावेश गर्ने अन्तिम मिति यही १५ जेठसम्म राखिएको महोत्सव निर्देशक डब्बु क्षत्रीले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ