काठमाडौं, १० जेठ । के तपाईँ विदेशमा हुनुहुन्छ र नेपालमा परिवारलाई अर्जेन्ट पैसा पठाउनुपर्ने छ भने नबिल बैँकले तपाइको आवश्यकताको परिपूर्ति गर्ने सुविधा ल्याएको छ । नबिल बैँकले एनरेमिट (लच्झष्त) मोबाइल एप्लिकेशन मार्फत विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन अतिनै सरल, छिटो र विश्वसनीय सुविधा सञ्चालन गरिरहेको छ ।
यो सुविधा एनबैंक (नबिल बैँक)को मोबाइल एप्लिकेशन डाउनलोड गरी एनरेमिट मार्फत विदेशबाट अन्तराष्ट्रिय मुद्रामा कारोबार हुने मास्टरकार्ड तथा भिसाकार्डबाट नेपालको जुनसुकै बैँकको खातामा मिनेटभरमै पैसा खातामा जम्मा गराउन सकिन्छ । एनरेमिटबाट नेपालमा पैसा पठाउँदा एक पटकमा न्यूनतम १ सय देखी ५ हजार अमेरिकी डलरसम्म पठाउन सकिन्छ ।
एन रेमिटले गर्दा आफू कार्यरत रहेको देशमा रहेका बैँक तथा रेमिट एजेन्सिहरूको कार्यालयहरूमा भौतिक रूपमा उपस्थित हुनैपर्ने बाध्यताबाट मुक्त हुने र आफ्नो अनुकूल समयमा जुनसुकै वेला एनरेमिट प्रयोग गरी नेपालमा पैसा पठाउन सकिने छिटो र भरपर्दो सुविधाले विदेशमा बस्ने नेपालीहरूलाई एनरेमिट प्रयोग गर्न आकर्षित गरेको छ ।
उक्त सुविधाले विदेशमा कार्यरत नेपालीहरूको बैँक तथा वित्तीय संस्थाहरूको कार्यालय समय अनुसार आफूले समय मिलाउनुपर्ने, पैसा पठाउनका लागि आफू रहेको स्थानबाट टाढाको दुरीसम्म जानैपर्ने, आफू कार्यरत कम्पनी वा व्यवसायबाट प्राप्त हुने छुट्टीको दिन मात्रै पैसा पठाउनका निमित्त समय मिलाउनुपर्ने जस्ता वाध्यताहरूको अन्त्य हुने हुँदा समयको उचित सदुपयोग हुनेछ ।
एनरेमिट सुविधा उपयोग गर्नका निमित्त आफू कार्यरत रहेको मुलुकको बैँकमार्फत जारी भएको मास्टरकार्ड तथा भिसाकार्ड सुविधा हुनुपर्नेछ । विदेशी मुद्राको सटही दर सोही एनरेमिट एपबाटै जानकारी लिन सकिने छ ।
उक्त सुविधा सरल, प्रभावकारी एवं द्रुत सेवा हुने हुँदा विदेशमा कार्यरत नेपालीहरूको लागि अत्यन्त उपयोगसिद्ध भएकोले विस्तारै यसको प्रयोगमा बृद्धि भइरहेको बैँकले जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


