Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

सगरमाथा आरोहणपछि कलाकार शेर्पाका दर्जन माग


ग्लोबल पाना
शनिबार, जेठ १२ २०८१
  • 292
    SHARES

  • images
    सगरमाथा आरोहणपछि कलाकार शेर्पाका दर्जन माग

    काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि कलाकार छिरिङ शेर्पाले शेर्पा गाइडहरुका लागि विभिन्न मागहरु अघि सारेकी छन् । मोडल तथा कलाकार शेर्पाले केही दिनअघि सगरमाथाको चुचुरोमा पुगी त्यहाँ आफ्नो आगामी चलचित्र ‘टासिदेलेक’को पहिलो पोष्टरसहित विभिन्न संघ संस्थाका झण्डा पनि फहराएकी थिइन ।

    images
    images
    images

    उनले आरोहणका क्रममा देखेका र भोगेको कुराहरुलाई मागका रुपमा अघि सारेकी छन् । उनले राष्ट्रियस्तरबाट शेर्पा समुदायलाई आरोहीको रुपमा मात्रै व्याख्या नगरी समुदायलाई संविधान अनुरुप प्राप्त हुनुपर्ने सेवा सुविधा उपलब्ध गराई राज्यको हरेक संयन्त्रमा जोडिने वातावरण श्रृजना गर्न माग अघि सारेकी छिन् ।

    त्यस्तै उनले राज्यले सगरमाथाको उपयोग गरी विभिन्न तवरले कर वा अन्य आम्दानीबाट आर्जित राजश्वको केही हिस्सा हिमाली भेगमा लगानी गर्नुपर्ने कार्यविधि निर्माण गर्न र कर्मशिल शेर्पा समुदायको हितको लागि आधुनिक शिक्षा प्रविधि र यन्त्र उपकरणको प्रयोग र परिचालन गर्न सक्ने दक्ष जनशक्ति निर्माणमा राज्यको लगानी गर्र्नुपर्नेमा जोड दिएकी छिन् ।

    आरोहरणमा आवद्ध, जनशक्तिलाई राष्ट्रियस्तरमा तालिम, परामर्श दिई कार्य क्षेत्रमा सहजीकरणको व्यवस्था गर्न, सरकारको मातहतमा नै सम्पूणर् आरोहीको विमाको व्यवस्था गरि जोखिम न्यूनीकरणमा राज्यको प्रतिवद्धता आउनेपर्ने उनको माग छ ।

    आरोहणको क्रममा अंगभङ्ग भई अपाङ्गता भएमा उचित क्षतिपूर्ति साथै बैकल्पिक व्यवस्था निर्माण गरी जीवनयापन गर्न सहजीकरण गर्न, कार्य क्षेत्रमा दिवंगत भएका व्यक्तिहरुको सम्झनामा नेपालमा मात्र नभई विश्वका अन्य मुलुका आरोहीको त्यागलाई सम्झन र सम्मान गर्न वार्षिक कुनै कार्यक्रम र मिति तय गर्न पनि उनले माग गरेकी छिन् ।

    जलवायु परिवर्तनबाट हिमाली भु-भागमा परेको क्षतिलाई रोक्न राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउन, सगरमाथामा अव्यस्थित रुपमा छरिएको फोहोर मैलालाई हटाउन, हिमाली क्षेत्रलाई राज्यको केन्द्रसँग सहज रुपमा पँहुच स्थापित हुने वातारण तय गर्न पनि उनले माग अघि सारेकी छिन् ।

    हिमाली क्षेत्रको भाषा, कला, संस्कृति, रितिरिवाज र चाडपर्वलाई जगेर्ना गरि राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न, आरोहण चापलाई व्यवस्थित र मर्यादित बनाउन पहल गर्न, हिमाली क्षेत्रमा हुनसक्ने जलवायु परिवर्तनको शिकारबाट बचाउन साथै हिमाली भेगका शेर्पा समुदायलाई राष्ट्रिय हितमा लगानी गर्न उनले जोड दिएकी छिन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ