Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

एनआईसी एसिया बैंकले ल्यायो मधेस प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा आफ्नै भवनमा


ग्लोबल पाना
मंगलबार, जेठ १५ २०८१
  • 309
    SHARES

  • images
    एनआईसी एसिया बैंकले ल्यायो मधेस प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा आफ्नै भवनमा

    काठमाडौं । एनआईसी एसिया बैंकले मधेस प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा कार्यालयका सेवा आफ्नै भवनमा सञ्चालनमा ल्याएको छ । बैंकले पर्सास्थित वीरगञ्ज महानगरपालिका-१०, आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको हो । यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेस प्रादेशिक कार्यालय र वीरगंज महानगरपालिकामै रहेको वीरगञ्ज शाखा नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ कारोबार सञ्चालन भइरहेको बैंकले जनाएको छ ।

    images
    images
    images

    बैंकले क्यास डिपोजिट मेसिन, केआईओएसके मेसिन, क्यास रिसाइक्लर मेसिन जस्ता अत्याधुनिक सुविधा सम्पन्न मेसिनहरूबाट डिजिटल बैंकिङ कारोबार गर्नका लागि बेग्लै डिजिटल बैंकिङ हल समेत सञ्चालनमा ल्याएको जनाइएको छ ।

    बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटीएम, ११८ वटा विस्तारित काउन्टर र ५१ वटा शाखारहित शाखा सञ्जालमार्फत सेवा दिँदै आइरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ