Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

बजेट भाषण ३ बजेदेखि हुने


ग्लोबल पाना
मंगलबार, जेठ १५ २०८१
  • 309
    SHARES

  • images
    बजेट भाषण ३ बजेदेखि हुने

    काठमाडौं। बजेट भाषण हुने संसदको संयुक्त बैठक २ घण्टा सारिएको छ। यस अघि आज अपराहन्न १ बजेका लागि तय भएको संयुक्त सदनको बैठक अब ३ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ।

    images
    images
    images

    आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ। संसद बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ। मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि संसदमा बजेट भाषण हुने छ।

    सहकारी ठगि प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेश टुंगाउन केही समय लाग्ने भएपछि बैठक सारिएको हो। सोमबार राति कार्यादेशमा सहमति जुटेपछि दलहरुले आज समितिमा बस्ने नेताहरुको नाम बुझाउने छन्।

    प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बसेर कार्यादेशमा भएको सहमति अनुमोदन गरेको छ र तीन बजेसम्म संसदीय समितिमा बस्नेको नाम दिने बताएको छ।

    आजै बजेट भाषणपछि बस्ने प्रतिनिधि सभाको बैठकले संसदीय छानबिन समिति गठन गर्ने छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ