Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

पशुपतिनाथका ४ वटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने


ग्लोबल पाना
बुधबार, जेठ १६ २०८१
  • 295
    SHARES

  • images
    पशुपतिनाथका ४ वटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने

    काठमाडौं। राष्ट्रदेव भगवान पशुपतिनाथका चारवटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन्। पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

    images
    images
    images

    उनले भने, “ भक्तजनले चारवटै ढेकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यले आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिने छ।”

    यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ