Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एमालेको राष्ट्रिय महिला भेला, १२ समूहमा आज छलफल हुँदै


ग्लोबल पाना
बिहीबार , जेठ १७ २०८१
  • 389
    SHARES

  • images
    एमालेको राष्ट्रिय महिला भेला, १२ समूहमा आज छलफल हुँदै

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’ आज पनि जारी छ। आज १२ वटा समूहले सात वटा विषयमा सामूहिक छलफल गर्नेछन्। एमाले केन्द्रीय सदस्य रचना खड्काका अनुसार संविधानले गरेको महिला हकको व्यवस्था तथा कार्यन्वयनको अवस्था, पार्टी, संसद्, सरकार र कर्मचारीतन्त्रमा महिलाको सहभागितालगायत विषयमा सामूहिक छलफल हुनेछ।

    images
    images
    images

    भेलामा पार्टीका केन्द्रीय सदस्य, पार्टीका २३ वटै सङ्गठनका नेत्री, संघ, प्रदेश, स्थानीयमा निर्वाचित महिला, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबाट निर्वाचित पदाधिकारीसहित पाँच हजार जना सहभागी छन्।

    एमालेले २०६३ साल जेठ १६ गते आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसद्को सङ्कल्प प्रस्तावको रूपमा पास गरेको स्मरणमा भेलाको आयोजना गरेको हो।

    महिलाका नेतृत्व विकासलगायत समसामयिक प्रस्ताव समेटिएको घोषणापत्र जारी गरी आजै समापन हुनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ