Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

फौजदारी मुद्दामा अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर


ग्लोबल पाना
शुक्रबार, जेठ १८ २०८१
  • 354
    SHARES

  • images
    फौजदारी मुद्दामा अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

    काठमाडौं । वयस्क चलचित्र स्टार स्ट्रेमी ड्यानियल्स सँगको सम्बन्ध चुपचाप राख्न गोप्य रूपमा पैसा (हस् मनि) दिएको आरोप लागेका पूर्व राष्ट्रपति तथा आगामी राष्ट्रपतिका लागी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड जे. ट्रम्प उक्त मुद्दामा दोषी ठहर भएका छन् ।

    images
    images
    images

    बिहीबार न्यु योर्क ट्रायल कोर्टमा सम्पन्न जुरी सुनवाइले ट्रम्पलाई दोषी ठहर गरेको हो । यो सँगै कुनै पनि फौजदारी मुद्दामा दोषी ठहर हुने पहिलो अमेरिकी राष्ट्रपति ट्रम्प बनेका छन् । न्यु योर्क ट्रायल अदालतका १२ जना जुरी ले २०१६ को आम निर्वाचन को बेला ट्रम्पले वयस्क चलचित्र अभिनेत्री ड्यानियल्स सँगको लुकाउने अमेरिकी डलर १ लाख ३० हजार दिएको आरोप लागेको थियो । सो आरोप माथि न्युयोर्कको ट्रयाल (जिल्ला) अदालतमा ट्रम्पको मुद्दा चलेको थियो ।

    सो मुद्दामा जुरी ट्रायल भएको थियो । १२ जनाको स्वतन्त्र जुरीले हस् मनि लगायत उनी विरुद्धको व्यापार व्यवसाय सम्बन्धित गलत वित्तीय विवरण तथा कार्यका सबै ३४ मुद्दामा दोषी ठहर गरेको छ । करिब ६ हप्ता चलेको यो बहसले अन्ततः पूर्व राष्ट्रपति ट्रम्पलाई फौजदारी कसुरमा दोषी ठहर गरेको छ ।

    फैसला पछि संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले यो अपमान हो भन्दै । अदालतको धाँधली पूणर् निणर्य भएको बताए । उनले यसको सही निणर्य अव जनताले आगामी नोभेम्बर ५ मा गर्ने पनि बताए । यसो त अब फौजदारी मुद्दामै दोषी ठहर भए पछि ट्रम्पको आगामी राजनीतिक बाटो कता मोडिने छ । यो भने सबैको चासोको विषय बन्ने छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ