Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

एक्टिभ म्युजिक प्रा.लि.को आयोजनामा दोस्रो ईन्टरनेशनल क्रियटिभ म्युजिक अवार्ड २०२४को फाईनल कार्यक्रम सम्पन्न


ग्लोबल पाना
बुधबार, जेठ २३ २०८१
  • 203
    SHARES

  • images
    एक्टिभ म्युजिक प्रा.लि.को आयोजनामा दोस्रो ईन्टरनेशनल क्रियटिभ म्युजिक अवार्ड २०२४को फाईनल कार्यक्रम सम्पन्न

    काठमाडौं । एक्टिभ म्युजिक प्रा.लि.को आयोजनामा दोस्रो ईन्टरनेशनल क्रियटिभ म्युजिक अवार्ड २०२४को फाईनल कार्यक्रम सम्पन्न भएको छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा प्रा.लि.का प्रबन्ध निर्देशक बिजेन्द्र नौबागे को शभापतित्व तथा प्रतिनिधिसभाकी उप सभामुख माननीय ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको फाईनल र्काक्रममा,पुर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम तामाङ, सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरिक्षक चन्द्र प्रकाश गौतमको बिशिष्ठ आतिथ्यता रहेको थियो ।

    images
    images
    images

    कार्यक्रममा बिशेष अतिथिको रुपमा बरिष्ठ गायीका ज्ञानु राणा,बरिष्ठ कलाकार सुवाश गजुरेल, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, बरिष्ठ निर्देशक तथा कलाकार पुकार भट्टराई,भिडियो सम्पादक मान बहादुर थापा, लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्र नेपालका महासचिव पि.एन.सापकोटा,हरित शान्ति समाज नेपालका अध्यक्ष शन्तु गिरी,वेलकम ईन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक देवेन्द्र सारु मगर रहनु भएको थियो ।

    बिभिन्न संघ संस्थाका प्रतिनिधि,कलाकार,मिडियाकर्मी र समाजसेवीहरुको उपस्थिति रहेको कार्यक्रमको ब्यवस्थापन तथा स्वयंसेवी भुमिकामा अमृता नौबागे र सुनिता थापा रहनु भएको थियो । अर्वाड छनौटको निर्णायकको भुमिकामा चलचित्र निर्देशक अमर वली,गायक प्रचण्डबाबु राई र गायक सुर्य मन्बा तामाङ रहनु भएको थियो । कार्यक्रममा बिभिन्न बिधाबाट समाजलाई योगदान पुर्याउने व्यक्तित्वहरु लाई सम्मान समेत गरिएको थियो ।

    जसमा कलासम्मान २०२४ बाट दशकौं कला सम्मानबाट वरिष्ठ कलाकार यादव बैरागी,नायक सम्मानबाट चलचित्र नायक शितल के.सी.,बरिष्ठ एरेन्जर राजु खड्का,निर्देशक तथा कलाकार शिबन पोख्रेल,निर्देशक कलाकार सागर तामाङ,बरिष्ठ गायक माधव भण्डारी, निर्णायक सम्मान बाट निर्णायकको भुमिकामा रहनु भएका चलचित्र निर्देशक अमर वली,गायक प्रचण्डबाबु राई र गायक सुर्य मन्बा तामाङ,गायक उत्सब सुब्बा,मोडल सबिना मगर,एरेन्जर बिस्वास नेपाल,गायक मरिचमान तामाङ तथा सन्चारकर्मी डि.बि.पराजुली लाई सम्मान गरिएको थियो ।

    उत्कृष्ट पाँचमा परेका बिधा र पात्रको फाईनल छनौट प्रकृयाको लागि ई सेवा मार्फत भोटीङ सिस्टममा लगिएकोमा निम्नानुसार को बिधा र पात्रलाई फाईनलमा छनौट गरि अवार्ड वितरण गरिएको थियो ।

    सर्वोकृष्ट राष्ट्रियभाव गित, ईवेस तिरुवा — काँधमा छ राईफल सर्वोकृष्ट आधुनिक गायक, गोविन्द मधुर आचार्य — म मरेको सर्वोकृष्ट आधुनिक गायीका,जुनु रिजाल — सपनामा आयो सर्वोकृष्ट लोकदोहोरी गायक ,यमन खनाल—तारा जुनले सर्वोकृष्ट लोक आधुनिक गायक ,भिम मगर—सातै मुल सर्वोकृष्ट आधुनिक गीत भिडियो निर्देशन,मनी तामाङ — कान्छि सर्वोकृष्ट आधुनिक गीत भिडियोनव मोडल(पुरुष)— रमेश रम्तेल नेपाली — छोडर गयौनी सर्वोकृष्ट लोक तथा दोहोरी गीत भिडियो मोडल(पुरुष),शिसिर पौडेल—किनारा सर्वोकृष्ट लोक तथा दोहोरी गीत भिडियो मोडल(महिला),जुना कार्की—सत्य जिवन सर्वोकृष्ट भाषा भाषी गीत ,दिपेश एस.के.—शैलुङ्गे मैच्याङ सर्वोकृष्ट पुर्वेली गीत, प्रविन राई—पुर्वेली नानी सर्वोकृष्ट बाल गायीका,मन्जली तामाङ सर्वोकृष्ट ध्वनी मिश्रण,डिका गुरुङ बर्ष उत्कृष्ट भिडियो सम्पादक, प्रेम शर्मा पौडेल सर्वोकृष्ट भाषा भाषी गीत भिडियो मोडल जुरी अवार्ड, राजिव तामाङ राहुल सर्वोकृष्ट लोक दोहोरी नव गायक प्रोत्साहन अवार्ड, धन बहादुर खपाङ्गी मगर सर्वोकृष्ट आधुनिक गीत संगीतकार ,दिवान किनार —माया एउटा संग सर्वोकृष्ट आधुनिक गीत मोडल (महिला),रेखा स्त्री—उस्ले जति माया सर्वोकृष्ट लोक तथा दोहोरी गीत शब्द,सागर रेग्मी — जारी सर्वोकृष्ट लोक तथा दोहोरी गीत लय, नविन परियार — साईली रिमै सर्वोत्कृष्ट आधुनिक गित भिडियो मोडल, आर्यन राउत — सधै भरी तिम्रै लोक दोहोरि गायिका, सबिता परियार गावै रमाईलो बर्ष सर्वोत्कृष्ट गीत, सोैगात सायर — तिम्रो याद पब्लिक च्बाईस अवार्ड, तिलक बस्नेत — माया पिरतिमा बर्ष सर्वोत्कृष्ट छायाकार (क्यामेरा मेन) ज्ञान कुमार कटेल – म त नेपाली

    कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाकी उप सभामुख माननीय ईन्दिरा राना मगर, बिशिष्ठ अतिथि पुर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम तामाङ तथा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरिक्षक चन्द्र प्रकाश गौतमले मनतव्य राख्दै यस्ता कार्यक्रमहरुले कलाकारीता क्षेत्रमा लागेका तथा यो क्षेत्रमा आउन खोजेका नव प्रवेशीहरुलाई प्रोत्साहन मिल्ने भएकोले यसको महत्व रहेको बताउनु भएको थियो ।

    कार्यक्रमलाई मनोरन्जन प्रदान गर्न बिभिन्न सांगीतिक प्रस्तुतिहरु समेत राखिएको थियो । कार्यक्रम बारे बोल्दै एक्टिभ म्यूजिक प्रा.लि.का प्रबन्ध निर्देशक बिजेन्द्र नौबागे यस्ता अवार्डहरुलाई डिजिटल प्रबिधिबाट भोटिङ प्रणालिमा बिकास गर्दा अवार्ड वितरण गर्न सहज भएको बताउनु भयो ।

    आगामी दिनमा गरिने यस्ता कार्यक्रमहरु लाई अझ ब्यवस्थित र मर्यादित बनाउन कम्पनि सजग रहेको समेत उहाँले बताउनु भयो । कार्यक्रम बरिष्ठ गायक माधव भण्डारीले सन्चालन गर्नु भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ