Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन शनिबारदेखि


ग्लोबल पाना
बिहीबार , जेठ २४ २०८१
  • 307
    SHARES

  • images
    एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन शनिबारदेखि

    काठमाडौं । नेकपा एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन आगामी शनिबारदेखि सुरु हुने भएको छ । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले आगामी २६ र २७ गते भृकुटीमण्डपमा अधिवेशन आयोजना गर्न लागेको जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । २७ गते काठमाडौं बैंक्वेटमा बन्द सत्र हुने छ । बन्द सत्र सञ्चालनका लागि आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरिसकेको जानकारी उनले दिए ।

    उनले भने, ‘हामीले बन्द सत्रबाट नयाँ नेतृत्व छनोटको प्रक्रिया अवलम्बन गर्ने छौ. । त्यतिखेरसम्म हाम्रा प्रतिवेदनहरुमाथि छलफल गरेर पारित गरिसक्ने छौं । यो बन्दसत्र सञ्चालनका लागि आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरेका छौं ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ