Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

बजेटमा पर्यटन व्यवसायीको मुद्दा सम्बोधन नभएकोमा मन्त्री चिन्तित


ग्लोबल पाना
शुक्रबार, जेठ २५ २०८१
  • 299
    SHARES

  • images
    बजेटमा पर्यटन व्यवसायीको मुद्दा सम्बोधन नभएकोमा मन्त्री चिन्तित

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बजेटमा पर्यटन क्षेत्रमा हुने अनावश्यक भ्याट बिलको कुरालाई सम्बोधन नभएको गुनासो गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५७ औं वार्षिक साधारण सभामा उनले अनावश्यक भ्याट बिलको विषयमा प्रधानमन्त्रीलाई समेत ध्यानाकर्षण गराएको अवस्थामा पनि बजेटमा छुटेको गुनासो गरे ।

    images
    images
    images

    उनले भने, ‘यहाँ थुप्रै व्यवसायीहरुले भनिराख्नुभएको छ पर्यटन क्षेत्रमा अनावश्यक भ्याटका कारण समस्या भयो । यसपालीको बजेटमा सम्बोधन भएर आउनुपर्दथ्यो त्यो के गरी छुट्न पुग्यो ? व्यवसायीहरुले पनि अर्थमन्त्रीज्युसँग पटक पटक भेटेर कुराकानी गरिराख्नुभएको थियो । म आफैंले पनि प्रधानमन्त्रीज्युलाई ध्यानाकर्षण गराएको थिए । तर त्यो सम्भव भएन ।’

    उनले नीति तथा कार्यक्रममा भारत र नेपालको सिमावर्ती क्षेत्रका पर्यटकहरुलाई र तराई मधेसका आन्तरिक पर्यटकलाई गर्मीको मौसममा, फुर्सदको मौसममा उनीहरुको चाहना अनुरुपको गन्तव्य तय गर्ने कुरा भने सम्बोधन भएको बताए । उनका अनुसार गन्तव्य ‘इको हिल स्टेसन’ भनेर महाभारत श्रृङखलाको दक्षिणतर्फ तय हुनेछ ।

    उनले भने, ‘यसपालिको नीति तथा कार्यक्रममा नेपाल भारत सीमावर्ती क्षेत्रका पर्यटकहरुलाई, तराई मधेसका आन्तरिक पर्यटकलाई गर्मीको मौसममा, फुर्सदको मौसममा कसरी उहाँहरुको चाहना अनुरुपको गन्तव्य तय गर्ने भन्ने हिसाबले ‘इको हिल स्टेसन’ अवधारणा ल्याएका हौं । त्यो ठाउँमा काठमाडौं उपत्यका, महाभारत श्रृङखलाको दक्षिणतर्फ जहाँ तराइबाट छोटो दुरी पनि पर्छ । त्यहाँ सरकारको तर्फबाट पूर्वाधार तयार गरेर व्यवसायलाई सहयोग पुग्नेगरी काम गर्ने र निजी क्षेत्रलाई पनि लगानी गर्न वातावरण बनाउने हिसाबले सोचेको छौं ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ