Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

सचेतना नागरिक संस्था नेपालद्वारा नगरस्तरीय करदाता सचेतना शिक्षा कार्यक्रम


ग्लोबल पाना
आइतबार, जेठ २७ २०८१
  • 486
    SHARES

  • images
    सचेतना नागरिक संस्था नेपालद्वारा नगरस्तरीय करदाता सचेतना शिक्षा कार्यक्रम

    काठमाडौं । नगरपालिका र करदाता बिचमा समन्वय गर्न तारकेश्वर नगरपालिका र सचेतना नागरिक संस्था नेपालद्वारा करदाता सचेतना शिक्षा कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका धर्मस्थलि काठमाडौं र सचेतना नागरिक संस्था नेपाल तारकेश्वर ११ को सहकार्यमा काठमाडौंको टुसाल मल्टि भेन्युमा शनिवार दिउसो भएको कार्यक्रममा तारकेश्वर नगरपालिका भित्रका विभिन्न ब्यावसायी तथा करदाताहरुको सहभागीता रहेको थियो ।

    images
    images
    images

    कार्यक्रमको अध्यक्षता नगर उप प्रमुख सिर्जना बुर्लाकोटी अर्यालले गरेकी थिइन भने कार्यक्रम समया पौडेलले संचालन गरेकि थिइन् । कार्यक्रमको प्रमुख अतिथिमा नगर प्रमुख कृष्ण हरि महर्जन,बिशेष अतिथिमा प्रमुख प्रशासकिय अधिकृत दिनेश राज पाण्डे र अन्य अतिथिहरुमा उद्योग वाणिाज्य महासंघका रामचन्द्र दाहाल, आन्तरिक राजस्व कार्यलयका रबिन शाह, हेमन्त फुयाल, सचेतना नागरिक संस्था नेपालका अध्यक्ष दिपु उप्रेतीको आतिथ्यता रहेको थियो कार्यक्रममा स्वागत मन्तब्य, सागर अर्यालले गरेका थिए भने कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले गमलामा पानी राखेर गरिएको थियो ।

    कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णहरि महर्जनले “करको दायरालाई फराकिलो ,ब्यवस्थित र पारदर्शिताका लागि विभिन्न शिर्षकमा सचेतना कार्यक्रमहरु गर्दै आयका छौ, र घर देखि राष्ट्र निर्माण सम्मका लागि अर्थ ब्यवस्थापन नितान्तै आवश्यक रहने हुदा राजस्व ब्यवस्थापनमा नगरपालिकाले महत्त्वपूर्ण भुमिका खेलेको छ, नगरको समग्र बिकाशका साथै, सब्य र सुन्दर नगर निर्माणका लागि ब्यवस्थित अर्थ नीति निर्माण गरि लागि परिरहेको ” कुरा नगर प्रमुख महर्जनले बताए ।

    कार्यक्रममा बोल्दै सचेतना नागरिक संस्था नेपालका अध्यक्ष दिपु उप्रेतीले कार्यक्रम को उद्धेश्य र आगामी दिनहरुमा संस्थाले खेल्नु पर्ने भुमिकाको बिषयमा स्पष्ट पार्दै भने, ”यो कार्यक्रम नितान्त करदाता हरुलाई सरल सेवा सुविधाका लागि सचेता जगाउने मात्र नभई आगामी दिनहरुमा करदाताहरुले तिरेको कर को सदुपयोग र उचित ब्यवस्थाप हुनु पर्छ” र यो कार्यक्रमले एउटा जागरण पैदा गर्ने छ र आगामी दिनहरुमा सबैले सचेत नागरिकको पहिचान सहित सबैले समयमै कर तिरी सचेत नागरिकको पहिचान दिनेमा जोड दिने कुरा ब्यक्त गरे ।

    सचेत नागरिक संस्था नाफामुलक संस्था नभयर सेवामूलक संस्था भयको कुरा अध्यक्ष उप्रेतीको थियो । कार्यक्रम सहजीकरण आन्तरिक राजस्व कार्यलयका हेमन्त फुयाल, रबिन शाह र उद्योग वाणिाज्य महासंघका रामचन्द्र दाहालले गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ