Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

रोजागर मेला : २६७ जनालाई रोजगारीको प्रतिबद्धता


ग्लोबल पाना
आइतबार, जेठ २७ २०८१
  • 253
    SHARES

  • images
    रोजागर मेला : २६७ जनालाई रोजगारीको प्रतिबद्धता

    सुर्खेत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कणर्ाली प्रदेशको सुर्खेतमा आयोजना गरेको श्रमाधान रोजगार मेला सम्पन्न भएको छ । गत शुक्रबार र शनिबार सुर्खेत स्थित सिटी हलमा सञ्चालित मेलाको तीन हजार ५०० जनाले अवलोकन गरेका छन् । मेलामा २६३ जनाले विभिन्न खालको रोजगारीको लागि आवेदन दिएका छन् । त्यसैगरी नेपाल चेम्बर अफ कमर्सको समन्वयनमा २६७ रोजगारीको प्रतिबद्धता गरिएको छ ।

    images
    images
    images

    मेलाको समापन कार्यक्रममा बोल्दै नेपाल चेम्बर अर्फ कमर्स कणर्ाली प्रदेशका अध्यक्ष चिन्तामणी न्यौपानेले मेलाले कणर्ाली प्रदेशमा रोजगारी सृजना गर्न सहयोग पुग्ने बताए । मेलामा रोजगारदाता र श्रमिक बीच प्रत्यक्ष भेट हुँदा रोजगारीका विभिन्न आयामहरु खुलेको पनि उनले बताए । ‘यो मेला सुरुवात मात्रै हो । सरकारले यस्ता खालका मेलालाई निरन्तरता दिनुपर्छ’ उनले भने ।

    मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सह आयोजकको रुपमा चेम्बर अफ कमर्स कणर्ाली प्रदेश, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, होटल संघ नेपाल, नेपाल तालिम तथा रोजगार महासंघ, नेपाल घरेलु तथा साना उद्योग व्यवसाय महासंघ छन् ।

    त्यस्तै, मेलामा सुरक्षित आप्रवासन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाई, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तराष्ट्रिय श्रम सम्बन्ध र कानून, सामाजिक सुरक्षा एवंम आन्तरिक रोजगारीका विषयक कार्यशालाहरु सञ्चालन हुनेछन् । साथै वागिना एवंम लोक दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशले संयोजन गर्नेछ । हुड्के नाच, झ्याउरे नाच, डेउडा समूहको प्रस्तुती थियो ।

    जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट शुरु भएको रोजगार मेला सुर्खेतमा जेठ २५ र २६ गते सञ्चालन भएको थियो । २७ र २८ गते सुदुरपश्चिमको धनगढी र २९ र ३० गते बाग्मती प्रदेशको ललितपुरबाट मेला समापन हुनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ