Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

नेपालका ओझासहित विश्वभरबाट ३१ विश्व कविहरूलाई प्रतिष्ठित ‘पोएट अफ नेचर अवार्ड’ प्रदान


ग्लोबल पाना
आइतबार, जेठ २७ २०८१
  • 367
    SHARES

  • images
    नेपालका ओझासहित विश्वभरबाट ३१ विश्व कविहरूलाई प्रतिष्ठित  ‘पोएट अफ नेचर अवार्ड’ प्रदान

    काठमाडौं, जेठ २७ । विश्वभरबाट ३१ विश्व कविहरूले प्रतिष्ठित ‘पोएट अफ नेचर अवार्ड’ प्राप्त गरेका छन् । विश्व वातावरण दिवस २०२४ को अवसरमा वातावरणसँग संबन्धित रहेर उत्कृष्ट सिर्जना पस्किएसँगै उनीहरु यस अवार्डबाट विभुषित भएका हुन् ।

    images
    images
    images

    उनीहरुलाई सय भन्दा बढि देशका कविहरु आवद्ध विश्वव्यापी संजाल रहेको ग्लोबल राइटर्स एकेडेमी, भारत र प्रतिष्ठित द डेली ग्लोबल नेसन बंगलादेशले संयुक्त रुपमा यो अवार्ड प्रदान गरेका हुन् । विश्व वातावरण दिवस २०२४ को अवसरमा उत्कृष्ट योगदानको कदरस्वरूप कविहरूलाई यो सम्मान प्रदान गरिएको थियो।

    यो सम्मानित अवार्ड प्राप्त गर्नेहरुमा नेपालका सरोज ओझासहित औरा बार्बोसा, प्रविण सिंह रघुवंशी, पृथा लाहिरी, सरोजा कृष्णमूर्ति, सीमा शर्मा, डाक्टर तस्नीम उस्ताद, एन्ड्रिया एन्सिसो रुइज, गोर्डाना एन्डोनोव्स्का, एलिसिया एम गार्सिया, जेजाबेक मार्हमार्क, देबश्रीता सिंह, अमर्याह, बोसुता, एलिसा, बोसुता, एलिसिया, डा. काब्बारोभा, कुमार मलाय, फ्रिडा नोर्मा, डेला क्रुज, कासिया डोमिनिक, युली गोमेज विल्चेज, कवयित्री दीप्ती शाक्य, डा. प्रफुल्ल कुमार पाण्डा, बिरेन्दु केआर सिन्हा, सरोज ओझा, एल्पियोला लुका, अलेखा प्रसाद मोहराना, रशिदुल हसन कुमार बच्छु, अलेखा प्रसाद मोहराना, रशीदुल हसन कुमारी, अलेखा प्रसाद मोहराना।

    देबब्रत माजी, सुमन मलिक, मनोरमा साहू सुबुद्धी, बाबावो याकुबु रहेका छन् । प्राकृतिक संसारको सौन्दर्य र नाजुकताको अन्वेषण र उत्सव मनाउँने क्रममा उनीहरूको असाधारण साहित्यिक कार्यहरूका लागि यो अवार्ड प्रदान गरिएको हो। वातावरण संरक्षणको बारेमा चेतना जगाउने अटल प्रतिबद्धताको सम्मानमा पुरस्कार प्रदान गरिएको ग्लोबल राइटर्स एकेडेमीका अध्यक्ष तथा डेली ग्लोबल नेसनका प्रबन्ध सम्पादक विश्वानन्द सिन्हाले जनाएका छन् ।

    कविहरूप्रति गहिरो प्रशंसा व्यक्त गर्दै सिन्हाले भनेका छन् 'वातावरण जोगाउन आफ्नो आवाज समर्पण गर्दै हामीलाई प्रेरित गर्ने यी व्यक्तिहरूलाई सम्मान गर्न पाउँदा हामी अत्यन्तै आभारी छौ'। सिन्हाले वातावरण संरक्षणको सशक्त माध्यमका रूपमा कविताको महत्त्वलाई जोड दिए। 'शब्दहरूमार्फत यी कविहरूले हाम्रो ग्रहको सौन्दर्यतासँगै जटिलताका विषयमा हाम्रो संवेदना जगाउँछन् र भविष्यका पुस्ताहरूका लागि यसलाई सुरक्षित गर्न सन्देश दिएका छन्' उनले भने।

    अवार्ड प्राप्त गरेपश्चात् नेपालका कवि सरोज ओझाले उक्त सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै वातावरणीय चेतना जगाउन आफ्नो कलाको प्रयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे । उनले मानिसहरूलाई पृथ्वीको अभिभावकको रूपमा आफ्नो भूमिकालाई अँगाल्न र आगामी पुस्ताका लागि जिम्मेवारीपूर्वक कार्य गर्न आग्रह समेत गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ