Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

अन्तरजातीय विवाह गर्ने १० जोडीलाई भरतपुर महानगरको सम्मान


ग्लोबल पाना
मंगलबार, जेठ २९ २०८१
  • 221
    SHARES

  • images
    अन्तरजातीय विवाह गर्ने १० जोडीलाई भरतपुर महानगरको सम्मान

    चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १० जोडीलाई सम्मान गरेको छ । आईतबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले संयुक्त रुपमा सम्मान गरे ।

    images
    images
    images

    सम्मानित हुनेमा भरतपुर महानगरपालिका-१९ का आशिष विक र शान्ति घर्ती, भरतपुर-१९ कै सुवन गहतराज र शान्ता श्रेष्ठ, भरतपुर-२३ का नविन विक र कमला श्रेष्ठ, भरतपुर-११ का विवेक सुनार र अम्बिका कार्की, भरतपुर-१६ सुशिल परियार र सुस्मिता बुढाथोकीको जोडी रहेका छन् ।

    यस्तै भरतपुर-२५ का अविनास सुनार र मिना भुजेल, भरतपुर १४ विवश महतो र प्रतिभा सुनार, भरतपुर १४ कै पदम बहादुर विक र फुलमाया लावती, भरतपुर १५ का विनोद परियार र अरुणा राई, भरतपुर ६ का सुवास विक र मायाँ कुमालको जोडी रहेका छन् ।  

    उनीहरूलाई महानगरले आईतबार एक कार्यक्रमकाबीच एक जोडीलाई नगद रु एक-एक लाखसहित सम्मान गरेको हो ।

    कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले विगत ४ वर्षदेखि सुरुवात भएको सम्मान कार्यक्रममा क्रमश जोडीको संख्या वृद्धि हुँदै गएको बताइन् ।
    उनले भरतपुर महानगरपालिकालाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले यो अभियानको थालनी गरिएको बताइन् । जातीय विभेदलाई अन्त्य गराउन यस्ता कार्यक्रमलाई प्राथामिकतामा राखेको प्रमुख दाहालले उल्लेख गरिन् ।

    हिजोको सामन्तवादी सोच, चिन्तत र प्रवृति आज पनि देखिने गरेको उनको भनाई छ । संविधानले जातीय विवेदलाई अपराधजन्य कार्य भनेर ठहर गरे पनि सोचे जति परिवर्तन हुन नसकेको उनको भनाई थियो ।

    जनयुद्धको समयभन्दा अगाडि मान्छेले मान्छेलाई पशुजन्य व्यवहार गर्ने गरेको घटना स्मरण गर्दै प्रमुख दाहालले पहिलाको अवस्था निकै कहालीलाग्दो रहेको बताइन्। जनयुद्धको जगमा पाएका अधिकारलाई कार्यान्वन गर्न निरन्तर खबरदारी र संर्घष जारी राख्नुपर्ने उनको भनाई थियो ।

    भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका विषयमा फड्को मारेको र जात जातिमा हुने विवेद अन्त्यको लागि सम्मान कार्यक्रम गरिएको बताए ।

    नेपालका ७५३ पालिकामध्ये भरतपुर महानगरले अन्तरजातीय जोडीलाई सम्मान गरी उदाहरणीय कार्य गरेको उपप्रमुख अधिकारीले बताए ।
    कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले छुवाछुत समाजिक अन्धविश्वास रहेकाले यसको उन्मुलनको लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए ।

    मानिसको दुई जात महिला र पुरुषमात्र भएकाले सबैले आत्मसम्मानसहित बाच्न पाउनुपर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । महानगरले यसअघि १३ जोडीलाई सम्मान गरिसकेको छ । महानगरले हालसम्म अन्तरजातीय विवाह गर्ने २३ जनालाई सम्मान गरिसकेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ