Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

आइएमई लाइफले गर्यो, सातौँ वार्षिक साधारण सभा


ग्लोबल पाना
मंगलबार, जेठ २९ २०८१
  • 352
    SHARES

  • images
    आइएमई लाइफले गर्यो, सातौँ वार्षिक साधारण सभा

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा आम्रपाली ब्याङकेट क्याटरिङ एण्ड इभेन्ट भाटभटेनी नक्साल काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत १ दशमलव ३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६ दशलमव ३१५८ प्रतिशत लाभांश वितरण गर्ने निणर्य गरेको छ । कम्पनीको उक्त सभाले प्रस्तावित लाभांश पारित गरेको छ ।

    images
    images
    images

    सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिबेदन पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धीत अनुसूचिहरु सहितको वितीय विवरण पारित गरेको हो ।

    सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरिक्षण समितिबाट सिफारिस गई आए बमोजिम बाहय लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

    सभाले सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक (१) जना सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको बैठकमा उपस्थित भए बापत सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा पुनरावलोकन गर्ने, बोनस शेयर जारी गरे पश्चात् कम्पनीको चुक्ता पूँजी रु पाँच अर्व कायम हुने भई हाल कायम कम्पनीको पूँजी संरचना परिर्वतन हुने भएकोले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा सोही बमोजिम संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

    सभाले कम्पनीको प्रबन्ध (पत्र तथा नियमावली संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ