Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ आजको कार्यसूची


ग्लोबल पाना
बुधबार, जेठ ३० २०८१
  • 230
    SHARES

  • images
    प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ आजको कार्यसूची

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ ।

    images
    images
    images

    आज सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    सांसद सुरेन्द्रराज आचार्यले विनियोजन विधेयक, २०८१ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

    baithak.webp
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ