Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

कास्कीमा नदि तथा खानीजन्य पदार्थ बन्द हुने


ग्लोबल पाना
बुधबार, जेठ ३० २०८१
  • 326
    SHARES

  • images
    कास्कीमा  नदि तथा खानीजन्य  पदार्थ  बन्द हुने

    पोखरा , जेठ ३० । ढुङ्गा, गिटि, बालुवा तथा नदि तथा खानिजन्य पदार्थको अनुगमन समिति कास्कीको बैठक बुधबार सम्पन्न भएको छ। बैठकले कास्कीमा तीन महिना नदिजन्य र खानिजन्य पदार्थको उत्खनन बन्द गर्ने निर्णय गरेको छ । ढुङ्गा, गिटि, बालुवा तथा नदि तथा खानिजन्य पदार्थको संचालन मापदण्ड २०७७ ले ब्यबस्था गरे अनुसार सो निर्णय गरिएको हो ।

    images
    images
    images

    सो संचालन मापदण्ड अनुसार असार ,साउन र भदौ महिनामा नदि तथा खानी जन्य पदार्थको उत्खनन गर्न नपाइने ब्यबस्था अनुसार उक्त निर्णय गरीएको अनुगमन समितिका संयोजक समेत रहनु भएका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताउनुभयो। पौडेलले बिकास निर्माणका काममा बाधा नपुग्ने गरि बिद्यमान कानुन र मापदण्डको पालना गर्नुको बिकल्प नरहेको भन्दै कडाइका साथ निर्णय कार्यान्वयन गर्न सरोकारवाला सरकारी निकायहरू र स्थानिय तहहरूलाइ आग्रह गर्नुभयो।

    दर्ता नगरी अबैधरूपले मापदण्ड बिपरित संचालित क्रशर उद्योगहरूका कारण बाताबरणिय र पर्याबरणिय संरचनामा प्रतिकुल असर पारेको गुनासो अत्याधिक बढेको कारण त्यस्ता उद्योगलाई समेत तत्काल बन्द गर्न पौडेलले आग्रह गर्नुभयो। उहाँले सबै पालिकाहरू मार्फत उद्योगहरूले जेठ मसान्तभित्र स्रोत खुलाएर स्टक प्रमाणिकरण गरेका सामाग्री यो अबधिमा बिक्रीवितरण र उपभोगमा कुनै बाधा नपर्ने बताउनुभयो।

    नियमको पालना गर्ने सबालमा कोहि पनि कुनै प्रकारको प्रभाब र दबाबमा नपर्न आग्रह गर्दै अबैध उत्खनन कार्य भएको पाइएमा तत्काल जिल्ला समन्वय ,प्रशासन र प्रहरीलाई सूचना दिन पौडेलले कास्कीबासी जनताहरूलाइ आग्रह समेत गर्नुभयो।

    कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य , जिल्ला समन्वय समिति कास्कीका उप- प्रमुख सरिता माल,माछापुच्छ्रे गाउँपालिकाका प्रमुख मीन बहादुर गुरुङ , मादी गाउँपालिकाका अध्यक्ष देबिजङ्ग गुरुङ, रूपा गाउँपालिकाका प्रमुख नवराज ओझा , कास्कीका प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका सह- संयोजक भरतमणी पाण्डे ,कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापा,ससस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख अरूण शर्मा , क्रशर ब्यबसायी महासंघका केन्द्रिय उपाध्यक्ष लिलाधर बराल ,कास्कीस्थित पालिकाका प्रमुख कार्यकारी अधिकृतहरू , अनुगमन समितिका सदस्यहरू सहित विभिन्न सरोकारवाला ब्यक्तिहरूले ढुङ्गा ,गिटि ,बालुवा ,नदि तथा खानीजन्य पदार्थको उत्खनन ,ओसार पसार र बिक्रीवितरण र उपभोगमा देखिएका समस्या ,चुनौती र निराकरणका सम्बन्धमा आ -आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो।

    अनुगमन समितिका संयोजक एबम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ