Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

एशियन थाई फुड्स प्रा. लि. 'FAB West Africa 2024'मा सहभागी पहिलो र एकमात्र नेपाली कम्पनी


ग्लोबल पाना
बिहीबार , जेठ ३१ २०८१
  • 397
    SHARES

  • images
    एशियन थाई फुड्स प्रा. लि. 'FAB West Africa 2024'मा सहभागी पहिलो र एकमात्र नेपाली कम्पनी

    लागोस, नाइजेरिया - जुन ११, २०२४ । नेपाली खाद्य उद्योगमा अग्रगामी एशियन थाई फूड्स प्रा. लि. नाइजेरियाको लागोसमा आयोजित 'फूड एन्ड बेभरेजेज वेस्ट अफ्रिका २०२४ जून ११-१३' अन्तर्राष्ट्रिय व्यापारिक मेलामा सहभागिता दिने नेपालतर्फको 'पहिलो र एकमात्र कम्पनी'को रूपमा पहिचान स्थापित गर्न सफल भएकोछ। 

    images
    images
    images

    स्थापनाको २५ वर्ष अबधिमा यस कम्पनीले नेपालको नूडल्स (चाउचाउ) र स्न्याक्स उत्पादहरुको बाजार विश्वभरिका अनेकौं देशसम्म पुगाउंदै हाल FAB West Africa 2024 मा सहभागिता दिंदै यस्तो उपलब्धि हासिल गरेको हो। 2PM, रमपम र प्रीति जस्ता अनेकौं लोकप्रिय ब्रान्डहरूका उत्पादकको रूपमा नेपाली कम्पनीले ख्याति प्राप्त गर्नु यो पहिलो उदाहरण हो। अमेरिका, आस्ट्रेलिया, युरोप, गल्फ राष्ट्रहरुका साथमा एशियाका अन्य थुप्रै राष्ट्रहरुमा नेपालमा तयार पारिएको प्रशोधित खाद्य पदार्थ - पैकेज्ड फूड प्रोडक्ट्सको रूपमा विश्वव्यापी धारणा बनाउन-बढाउन एशियन थाई फूड्सले महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ।

    यस कम्पनीका प्रबन्धक निर्देशक महेश जाजू भन्नु हुन्छ, "विश्व भरिको बाजारमा भारतीय उपमहाद्वीपमा तयार पारिएको खाद्य उत्पादन र मसालाप्रति अलगै आकर्षण छ। त्यस मध्ये नेपाली खाद्य उत्पादनप्रति पनि अलगै रुचि र आकर्षणको सम्भावना छ। यसै अनुभूतिका आधारमा हामी बाजार विस्तार गर्दै नेपालको निर्यात बढाउने लक्ष्य राख्यौं। यसको धेरै सुखद परिणामहरु आएको अनुभव भयो।" अन्तर्राष्ट्रिय व्यापारिक मेला र प्रदर्शनीहरूमा सहभागिता दिनु बाजार विस्तारको रणनीति हो। आज २६ भन्दा बढि देशहरूमा आफ्ना उत्पादनहरु निर्यात गरि रहेको अनुभव पनि जाजूले सुनाउनु भयो। गल्फ फूड दूबई, वर्ल्डफूड इस्तानबुल (टर्की), वर्ल्डफूड इन्डिया, र आहार इन्डिया जस्ता प्रतिष्ठित व्यापारिक मेला-प्रदर्शनी जस्ता आयोजनाहरुमा यस कम्पनीले नेपाल र नेपाली खाद्य उत्पादनप्रति अलग्गै र अमिट छाप छोडेको छ। उल्लेखनीय रूपमा, यि प्रदर्शनीहरूमा यस कम्पनीको उपस्थिति पूर्णरूपले आफ्नै खर्चमा भएको हो। र, यसले नेपाली खाद्य उत्पादलाई विश्वव्यापी मञ्चमा प्रवर्द्धन गर्दै सिंगो राष्ट्रको सबल आर्थिक भविष्यको सम्भावना माथि समेत उदाहरण बनाएको छ।

    एशियन थाई फूड्सले अकबरे, कोरियन रैमन, किम्ची रैमन, नेपोलिटाना, मशरूम, स्रिम्प, सि-फूड जस्ता अनेकौं नया फ्लेवरमा विश्वबाजार अनुरूपका कइयौं प्रिमियम श्रेणीको चाउचाउहरु उत्पादन आरम्भ गरेकोछ। यो उत्पादनहरु अहिले नेपाली बाजार देखि विश्वबाजारसम्म पुगेकोछ र सम्पूर्ण नेपाली चाउचाउको बाजार-विस्तार गर्न साथ वैश्वीकरणको पथप्रदर्शक रूपमा पनि आफुलाई स्थापित गरेकोछ। त्यस्तै चिजबल, फायरबल, लेमन मिन्ट स्टिक्स, स्रिम्प क्र्याकर, चिकेन क्र्याकर, फायर क्र्याकर, पञ्जाबी पकोडा, मसाला मन्च, अकबरे स्टिक्स, पोटैटो क्र्याकर र इटालियन पास्ता जस्ता खाउं-खाउं लाग्ने अनेकौं नमकीन-स्न्याक्सहरू समेत लांचिंग गरेकोछ। यसरि नवाचार र उत्कृष्टताको प्रतिष्ठामा यसले विश्वबाजार सम्म आफ्नो पहुँचका साथ नेपालको आर्थिक भविष्यको बलियो आधार निर्माण गरेकोछ।

    स्थानीय उत्पादन र निर्यातको प्राथमिकतालाई बढावा दिने सरकारी बयान कागजी मात्र भएको, हाल सम्म नेपाली खाद्य उद्योगमा उपरोक्त सम्भावनालाई राज्यले पहिचान गर्न न सकेको गुनासो जाजूले गर्नु भयो। "हामीले हालसम्म कुनै खालका प्रोत्साहन - अन्तर्राष्ट्रिय मेलाहरुमा राज्य-प्रायोजित सहभागिता जस्ता कुनै पनि सरकारी सहयोग समेत न पाएको भन्नु हुन्छ। राज्यको प्रोत्साहनको अभाव भएता पनि यस कम्पनीले स्वतन्त्र रूपमा विश्वव्यापी स्तरसम्म नेपाली खाद्य उत्पादनहरु पनि उच्च गुणस्तरयुक्त छ र त्यसरि एशियन थाई फूड्स एउटा च्याम्पियन कम्पनीको रूपमा अगाडि बढिरहेको प्रमाणित गरेको छ।

    कम्पनीका प्रबन्ध निर्देशक महेश जाजु थप्दै भन्नू भयो, "FAB West Africa 2024मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा हामी असाध्यै गर्वान्वित भएकाछौं। हाम्रो सहभागिताले नेपाली खाजाको समृद्धि र विविधतालाई विश्वसामु देखाउने हाम्रो अटल प्रतिबद्धतालाई बल पुगाएकोछ। नेपाली खाना उत्पादनहरुको प्रोफाइल अझ माथि पुगेको र विश्वव्यापी तयारी खाद्य उत्पादहरुको परिदृश्यमा योगदान पुर्‍याउने अवसर पाउनका लागि म धेरै नै आभारी पनि छु।"

    यस अन्तर्राष्ट्रिय व्यापारिक मेलामा नेपाल तर्फको यस्तो सफल-सार्थक सहभागिता नेपाली खाद्य उद्योगको लागि एउटा अनौठो क्षण हो, जसले विश्व स्तरमा नया ऊर्जा र जोश का साथ दृढसंकल्पक साथ अगाडि बढ्ने संकेत पनि दिइ रहेकोछ।

    एशियन थाई फूड्स प्रा. लि.को बारेमाः

    एशियन थाई फुड्स प्रा. लि. नेपालमा आधारित चाउचाउ र खाजा उत्पादन गर्ने अग्रणी कम्पनी हो। २५ वर्षको इतिहासका साथ यसले आफ्नो विभिन्न लोकप्रिय ब्रान्डहरू जस्तै 2PM, रमपम र प्रीतिका लागि अत्यन्तै प्रतिष्ठित र लोकप्रियता हासिल गरेकोछ। नेपाली खाद्य र तयारी खाजा उत्पादहरुलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको यो कम्पनी अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी भई प्रिमियम श्रेणीका चाउचाउ र स्न्याक्स बजारमा बिक्री-वितरण गर्दै आइ रहेकोछ। थप जानकारीको लागि, www.asianthaifoods.com मा जानुहोस्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ