काठमाडौं । आफ्ना कर्जाग्रहीहरुलाई कृषि विकास बैंक लिमिटेडले ब्याज छुट दिने भएको छ । बैंकबाट कर्जा लिई पुर्नसंरचना पुनर्तालिकीकरण भएका तथा जमानत दावी भुक्तानी भई फोर्स लोन सृजना भएका कर्जाग्राहीहरुले बुझाउनुपर्ने रकम बुझाएमा आर्कषक ब्याज छुट दिने जानकारी बैंकले दिएको हो ।
बैंकले उक्त अवसरको लाभ लिन समेत आग्रह गरेको छ ।
कर्जाग्रहीहरुले कर्जा भुक्तानी तथा विस्तृत जानकारीका लागि नजिकको कृषि विकास बैंक लिमिटेडको कार्यालयमा सम्पर्क राख्नुपर्ने छ । र यो सुविधा २०८१ असार मसान्त सम्म मात्र लागु हुने पनि सूचनामा उल्लेख गरिएको छ । साथै बैंकका शर्तहरु लागू हुनेछन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


