Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

नेपालका धार्मिकस्थलको दर्शन गर्न काँग्रेस प्रवक्ता महतको आग्रह


ग्लोबल पाना
शुक्रबार, जेठ ३२ २०८१
  • 244
    SHARES

  • images
    नेपालका धार्मिकस्थलको दर्शन गर्न काँग्रेस प्रवक्ता महतको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले हिन्दु धर्मावलम्बीहरूका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनीको दर्शन गर्न आह्वान गरेका छन् ।

    images
    images
    images

    भारतीय वर्किङ जर्नालिस्ट युनियनले शुक्रबार काठमाडौंमा आयोजना गरेको सेमिनारमा उनले नेपाल देवभूमि भएको बताउँदै यी क्षेत्रहरूको दर्शन गर्न आह्वान गरेका हुन् ।  ‘हामीसँग प्रकृतिले दिएका संसारकै अग्ला हिमशृङ्खला छन्। मधेशदेखि हिमालसम्मको लोभ लाग्दो हावापानी हाम्रै नेपालमा छ ।

    यसलाई जलवायु परिवर्तनको असरबाट जोगाउन सबै जुट्नु पर्ने बेला भयो,’ प्रवक्ता महतले भने, ‘हिन्दु धर्मावलम्बीहरुका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनी पनि हाम्रै नेपालमा छन् । यी पवित्र धार्मिकस्थलहरुको दर्शन गर्न म सबैलाई आग्रह गर्दछु ।’

    उनले अहिले समाजिक सञ्जालमा गलत कुराको प्रचारबाजी गर्ने काम बढ्दै गएको भन्दै गलत कुराको प्रचाबाजी गर्ने कार्यलाई रोक्न भारतीय वर्किङ जर्नालिस्ट युनियनले पनि आफ्नो ठाउँबाट कलम चलाउनु पर्नेमा जोड दिए । प्रवक्ता महतले भारत र चीनको बीचमा भएकाले नेपाल सानो जस्तो देखिए पनि सानो देश नभएको बताए । जनसंख्या र भूगोलको हिसाबले विशाल देश भारतको हृदय पनि विशाल हुनुपर्ने उनको भनाइ थियो । 

    नेपाल र भारतको सम्बन्ध युगौंदेखिको भएको भन्दै महतले सम्बन्धलाई सुमधुर बनाउन दुवै देश सचेत हुनुपर्नेमा जोड दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ