Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

पोल्यान्डमा हुने ‘मिस सुप्रानेसनल’ मा नेपालकी सजिना


ग्लोबल पाना
सोमबार, असार ३ २०८१
  • 216
    SHARES

  • images
    पोल्यान्डमा हुने ‘मिस सुप्रानेसनल’ मा नेपालकी सजिना

    काठमाडौं । ‘मिस सुप्रानेसनल नेपाल २०२४’ की विजेता सजिना खनाल नेपालको प्रतिनिधित्व गर्दै पोल्यान्ड उडेकी छिन् । पोल्यान्डमा १८ जुनबाट आयोजना हुने ‘मिस सुप्रानेसनल’ मा सहभागी हुन उनी आइतबार बिहान त्यसतर्फ गएकी हुन् ।

    images
    images
    images

    सजिनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘मिस्टर एण्ड मिस नेसनल’का राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले बिदाई गरेका थिए । सजिनाले पोल्याण्ड जानुअघि फेसबुकमा आफ्नो देश नेपाललाई ‘मिस सुप्रानेसनल’मा प्रतिनिधित्व गराउने अविश्वसनीय यात्रा सुरु भएको उल्लेख गरेकी छिन् ।

    ‘मिस सुप्रानेसनल’ को फिनाले आगामी ६ जुलाईमा हुँदैछ । ‘मिस सुप्रानेसनल’ को १५ औँ संस्करणमा ७३ देशका प्रतिस्पर्धी सहभागी हुँदैछन् । सर्लाहीकी सजिनाले गत चैत २२ गते ‘मिस सुप्रानेसनल नेपाल २०२४’ को उपाधि जितेकी थिइन् । यसअघि सजिनाले श्रीलंकामा भएको ‘मिस वल्र्ड टुरिजम २०२३’ को सह-विधा ‘मिस एलिगेन्स’को उपाधि जितेकी थिइन् ।


    आगामी ४ जुलाईमा पोल्यान्डमै ‘मिस्टर सुप्रानेशनल’को फिनाले हुँदैछ । जसमा सहभागी हुन ‘मिस्टर सुप्रानेसनल नेपाल’ धिरजकाजी बस्नेत पनि यसै साता पोल्यान्ड जाँदैछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ