Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

९० जना महानगर प्रहरी अधिकृतलाई क्षमता विकास तालिम


ग्लोबल पाना
सोमबार, असार ३ २०८१
  • 263
    SHARES

  • images
    ९० जना महानगर प्रहरी अधिकृतलाई क्षमता विकास तालिम

    काठमाडौं । काठमाडौं महानगरपालिकाकाले ३५ जना ‘सिनियर प्रहरी अधिकृत’ र ५५ जना ‘जुनियर प्रहरी अधिकृत’ गरी ९० जनालाई नगर प्रहरीलाई क्षमता विकास तालिम दिएको छ । सिनियर अधिकृतलाई २ समूहमा र जुनियर अधिकृतलाई २ समूहमा विभाजन गरेर कर्तव्य पालना सँगसँगै तालिमका लागि समय व्यवस्थापन गरिएको हो ।
     
    स्थानीय सरकार सञ्चालन, सहरी व्यवस्थापन र मानव अधिकारका विषयलाई तालिममा समेटिएको थियो । महानगर प्रहरी बलप्रति नागरिकमा विकास भएको विश्वाशलाई बचाउन प्रहरीको व्यक्तित्वको भूमिका, संस्थागत क्षमता विकाससँग सम्बन्धित भएका र हुनुपर्ने विषयका सत्रहरु सञ्चालन गरिएका थिए । ‘कमाण्डरको विवेकपूर्ण नेतृत्व’, ‘प्रहरीका आचरणप्रति प्रतिवद्ध’लाई तालिममा जोड दिइएको थियो ।

    images
    images
    images

    यस्तै नगर प्रहरी र नागरिक सम्बन्ध, प्रहरीको व्यावसायिक जीवन, दैनिक सम्पादन गरिरहेका काम, कर्तव्य पालना गर्दाका अवसर, सहरी व्यवस्थापनका चुनौती, यस्ता चुनौती सामना गर्न अपनाइएका र अपनाउनु पर्ने रणनीति, नीति र नेतृत्वप्रतिका दायित्वलगायत विषयमा अन्तरक्रियात्मक प्रस्तुति भएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ