Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

स्काई वाक टावरमा म्युजिक एण्ड फुड फेस्टिभल


ग्लोबल पाना
मंगलबार, असार ४ २०८१
  • 216
    SHARES

  • images
    स्काई वाक टावरमा म्युजिक एण्ड फुड फेस्टिभल

    काठमाडौं । वर्षकै लामो दिन आगामी शुक्रबार अर्थात् असार ७ (जुन २१) मा काठमाडौंको कमलादीस्थित स्काई वाक टावरमा म्युजिक एण्ड फुड फेस्टिभल हुने भएको छ । विश्व संगीत दिवसको अवसर पारेर नेपाल सांगीतिक संघ र स्काई वाक टावर सञ्चालक वन्डर्स नेपालले फेस्टिभल आयोजना गर्न लागेको हो ।

    images
    images
    images

    यसबारे जानकारी दिन सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष मिलन मोक्तानले फेस्टिभलमा कलाकारलाई सम्मानसँगै सांगीतिक प्रस्तुति रहने बताए । ‘हामी उत्सवको रुपमा मनाउन गइरहेका छौं । सधैं हलभित्र कार्यक्रम गरिरहँदा यसपटक फरक सोचका साथ स्काई वाक टावरमा कार्यक्रम गर्न लागेका हौं,’ उनले भने, ‘फेस्टिभलमा कलाकारहरुले पप, मेटल, ज्याज संगीत प्रस्तुत गर्नुहुनेछ । कार्यक्रमका लागि उहाँहरु निकै उत्साहित हुनुहुन्छ ।’

    स्काई वाक टावरका प्रमुख कार्यकारी अधिकृत कवीन्द्र श्रेष्ठले स्काई वाक टावरलाई चिनाउनका लागि फेस्टिभलले महत्वपूणर् भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘हामीले कार्यक्रमको दिन स्काई वाक चढ्ने व्यक्तिहरुलाई टिकटमा ५० प्रतिशत छुटको समेत व्यवस्था गरेका छौं,’ उनले भने । स्काई वाक टावरमा जानका लागि नेपालीलाई १ हजार रुपैयाँ र विदेशीलाई १ हजार ६ सय रुपैयाँ शुल्क लिने गरिएको छ ।

    आयोजकका अनुसार फेस्टिभलमा संगीत क्षेत्रका स्रष्टाहरुलाई सम्मान पनि गरिनेछ । जसअनुसार कला साधक तथा संगीतकार सीके रसाइलीलाई ‘शिव शंकर मानन्धर राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार,’ गीतकार कालीप्रसाद रिजाललाई ‘रत्न शमशेर थापा राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार,’ गायिका मीरा राणालाई ‘प्रेमध्वज प्रधान राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार,’ ओमविक्रम विष्टलाई ‘पुष्प नेपाली राष्ट्रिय सांगीतिक तथा सम्मान पुरस्कार,’ राजेशपायल राईलाई ‘फत्तेमान राजभण्डारी राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार,’ देव रानालाई ‘शुभबहादुर सुनाम राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार,’ विजय लामालाई ‘लाल समुद्र स्मृति राष्ट्रिय बहुप्रतिभा सांगीतिक सम्मान तथा पुरस्कार,’ सुरेन्द्र श्रेष्ठलाई ‘नेपाल सांगीतिक संघ राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार’ र भैरवबहादुर थापालाई ‘राजेश-लक्ष्मी नृत्य गुरु विशिष्ट सम्मान तथा पुरस्कार’ प्रदान गरिने भएको छ । पुरस्कारमा सम्मानपत्र र नगद राशि जनही २५ हजार रुपैयाँ छ ।

    कार्यक्रममा ओमविक्रम विष्ट, राजेशपायल राई, लाक्पा शेर्पा, सूर्य थुलुङ, प्रदीपराज पाण्डे, मनोज गुरुङ, यम बराल, राजनराज शिवाकोटी, धिरज राई, सत्यराज आचार्य, स्वरुपराज आचार्य, आनन्द कार्की, उदेश श्रेष्ठ, विश्व नेपाली, सुरज थापा, दिलिप लामा, दीपक लिम्बू, दावा फिन्जो लामा, भीषण मुकारुङले प्रस्तुति दिनेछन् ।

    त्यस्तै टीका प्रसाई, विकास लामा, देव राना एण्ड द जेन्टलमेन ब्याण्ड, आशिष अविरल, गणेश पराजुली, यशोदा पराजुली, देविका बन्दना, सहिमा श्रेष्ठ, प्रकाश तिमिल्सिना लगायतले पनि सांगीतिक प्रस्तुति दिने जनाइएको छ । कार्यक्रमको व्यवस्थापन साधना कला केन्द्रले गर्ने भएको छ । कार्यक्रममा विभिन्न प्रकारका खाद्य परिकारको स्टल पनि रहने आयोजकले जनाएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ