Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

कुकुरलाई क्रुरतापूर्वक हत्या गर्ने ३ जना पक्राउ


ग्लोबल पाना
मंगलबार, असार ४ २०८१
  • 664
    SHARES

  • images
    कुकुरलाई क्रुरतापूर्वक हत्या गर्ने ३ जना पक्राउ

    इलाम । कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुरेको आरोपमा तीन जनालाई प्रहरीले इलामबाट पक्राउ गरेको छ । पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

    images
    images
    images

    भिडियो बनाउने हेतुले ती युवकहरुले कुकुरको बच्चालाई तड्पाई-तड्पाई हत्या गरेको भिडियो भाइरल भएको थियो । सुगम मोराहाङ लिम्बू नामको फेसबुक एकाउन्टमा उक्त भिडियो पोस्ट भएको थियो, जुन अहिले हटाइएको छ ।

    ‘कुकुरको बच्चालाई क्रूरतापूर्वक मारेको देखिन्छ,’ पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले भनिन्, ‘यो हदसम्मको अपराध गर्नेहरुलाई प्रचलित कानुनअनुसार दण्ड सजाय हुनैपर्छ ।’ संघले काठमाडौंबाट प्रतिनिधि पठाएर जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दर्ता गराएको थियो ।

    नेपालको प्रचलित कानुनले कुनैपनि पशु प्राणीलाई निर्दयी व्यवहार गर्न, क्रुरतापूर्वक हत्या गर्न बन्देज गरेको छ । यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ