Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

दिगो कृषिमा सहकार्य गर्ने निष्कर्ष सहित अनुसन्धान प्रसार निर्देशनालय रामपुरले आयोजना गरेको २ दिने सम्मेलन सम्पन्न


ग्लोबल पाना
बिहीबार , असार ६ २०८१
  • 342
    SHARES

  • images
    दिगो कृषिमा सहकार्य गर्ने निष्कर्ष सहित अनुसन्धान प्रसार निर्देशनालय रामपुरले आयोजना गरेको २ दिने सम्मेलन सम्पन्न

    चितवन । नेपाल सहित विश्वका विभिन्न देशका कृषि र वातावरणसँग सम्बन्धित विज्ञहरु सहभागी दुई दिने सम्मेलन सम्पन्न भएको छ । कृषि तथा वन विज्ञान विश्व विद्यालयको अनुसन्धान प्रसार निर्देशनालयले आयोजना गरेको सम्मेलन दिगो कृषिमा सहकार्य गर्ने निष्कर्ष सहित सम्पन्न भएको हो ।

    images
    images
    images
    received_7343963719042371.jpeg

    कृषि, व्यवसाय र प्रविधिमा वातावरणीय प्रभाव सम्बन्धी अन्तर्राष्ट्रिय सो सम्मेलनमा जलवायु परिवर्तन, वातावरणीय अनुकूलता, वातावरणमैत्री प्रविधिहरुको पहिचान तथा प्रयोग, कृषिमा आधुनिकीकरण तथा व्यवसायिक करण, जैविक विविधता, दिगो वन व्यवस्थापनका विषयमा कार्यपत्र प्रस्तुतीकरण र छलफल गरिएको थियो ।

    received_1618736112031031.jpeg

    सम्मेलनका संयोजक एवं निर्देशनालयका अनुसन्धान निर्देशक डा. ऋषिराम कट्टेलका अनुसार वातावरणमैत्री प्रविधि, सेवाको पहिचान तथा प्रयोग, पशुपन्छी, मत्स्यपालन तथा अनुसन्धानमा वातावरणको प्रभाव, दिगो व्यवस्थापनका आधारहरुको पहिचान, जलवायुमैत्री कृषि, सूचना प्रविधि लगायतका विषयमा छलफल गरिएको थियो ।

    कृषि व्यवसाय र प्रविधिमा वातावरण तथा जैविक विविधताको प्रभावका विशेष आधारहरु पहिचान गरी दिगो अनुसन्धान र प्रसारको माध्यमबाट व्यवस्थापन र प्रबद्र्धनका लागि सहजीकरण र सहकार्यको आवश्यकतालाई सम्मेलनमा छलफल गरिएको उहाँले बताउनुभयो । सो अवसरमा पाँच वटा मुख्य कार्यपत्र प्रस्तुत गरिएको थियो भने ५० भन्दा बढी अन्य कार्यपत्र विभिन्न देशका विज्ञहरुले प्रस्तुत गर्नुभएको कट्टेलले जानकारी दिनुभयो ।

    कार्यक्रम समापन समारोहमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मी, सेवा आयोगका अध्यक्ष प्रा.डा.कल्याणी मिश्र, रजिष्ट्रार प्रा.डा. शारदा थपलिया, तीन वटै संकायका डिन, निर्देशकहरु, भारतको महात्मागान्धी चित्रकोट ग्रामोदय विश्वविद्यालयका अध्यक्ष प्रा.डा. डिपि राई, अष्ट्रेलियाको एडिलेड विश्वविद्यालयका बरिष्ठ अनुसन्धानकर्ता डा. तामरा ज्याक्सन लगायतको उपस्थिति रहेको थियो । दुई दिनसम्म चलेको सम्मेलनमा नेपाल, भारत, अमेरिका, इन्डोनेसीया, चीन र अष्ट्रेलियाका बिज्ञ, प्राध्यापक र विद्यार्थीहरुको सहभातिा रहेको थियो ।

    भारतका बिभिन्न विश्वविद्यालय र संस्थाबाट एक सय जना प्रतिनिधि सम्मेलनमा सहभागी रहेका थिए । कूल संख्या तीन सय हाराहारी रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ