Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कास्कीको प्रगती समीक्षा


ग्लोबल पाना
बिहीबार , असार ६ २०८१
  • 330
    SHARES

  • images
    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कास्कीको प्रगती समीक्षा

    असार ६, पोखरा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ ,कास्कीको आर्थिक बर्ष २०८०-८१ को स्वीकृत बार्षिक कार्यक्रमको कार्य प्रगती सहित नीति तथा कार्यक्रम कार्यान्वयनका लागि समन्वय बैठक बिहिबार सम्पन्न भएको छ ।

    images
    images
    images

    कार्यक्रममा सो परियोजनाका समन्वय तथा अनुगमन समिति संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधरले कृषि क्षेत्रमा आत्मनिर्भर हुन थप आधुनिकीकरण र यान्त्रीकिकरण मजबुत बनाउन आबश्यक भएको हुँदा आगामी आर्थिक बर्षको कार्यक्रम त्यसतर्फ केन्द्रित गर्न आग्रह गर्नुभयो। पौडेलले कृषकहरू व्यावसायिक बनाउने गरि  कृषि उद्यमशिलताको प्रबर्द्धन गर्ने नीति बनाउन आग्रह गर्दै बादर लगायतका बन्यजन्तुका कारण सृजित समस्याको न्यूनीकरण  र निराकरण गर्ने योजना र कार्यक्रम निर्माण गर्न स्थानिय तह सहित सरोकारवाला कार्यालयहरूलाइ आग्रह गर्नुभयो। 

    पशु पन्क्षी सहित कृषि बिमा कार्यक्रम थप प्रभाबकारी बनाउन आग्रह गर्दै  विभिन्न कृषीजन्य  उत्पादनहरूमा पकेट बिकास कार्यक्रम, क्षेत्र बिकास कार्यक्रममा मागमा आधारित उत्पादन र आपूर्ती  ब्यबस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो।उत्पादिन बस्तुहरूको बजारीकरणमा ब्यब्स्थित नीति बनाउन, पशु चौपायाहरूमा सरूवा र संक्रामक रोगहरूको निदान र रोकथाममा थप प्रभाबकारिता अपनाउन आग्रह गर्नुभयो।

    कार्यक्रममा सो  कार्यालयका प्रमुख बरिष्ठ कृषि अधिकृत रोशन अधिकारीले  कार्यालयको प्रगती विवरण पेश गर्दै सम्पादित कार्यहरू लक्ष्य अनुरूप सम्पादित भएको उल्लेख गर्नुभयो।

    कार्यक्रममा रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे,  कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, जलस्रोत तथा सिचाइ डिभिजन कार्यालयका प्रमुख  रमेशराज शर्मा, पोखरा उद्योग बाणिज्य संघका महासचिब बलराम आचार्य, जिल्ला बन कार्यालयका डिभिजनल बन अधिकृत कोमलराज काफ्ले, पोखरा महानगर आर्थिक बिकास महाशाखा प्रमुख मनहर कडरिया, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डे, तरकारी सुपर जोन संचालन समन्वय समिति कास्कीका संयोजक कृष्ण प्रसाद तिवारी, कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देल, परियोजनाका कृषि अधिकृत निशा कडेल सहितले आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो ।

    सो कार्यालयका समन्वय तथा अनुगमन समिति संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ